बुधबार, ३० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

पहिलो दिन नेपाललाई १२ स्वर्ण

शनिबार, १६ मंसिर २०८०खेलपाटी संवाददाता
पहिलो दिन नेपाललाई १२ स्वर्ण
mustang rice ad

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिपको पहिलो दिन शनिबार १२ स्वर्ण जितेको छ ।

छिमेकी भारतले भने १५ स्वर्णमाथि कब्जा जमायो । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका र बंगलादेशले समान १–१ स्वर्ण हात पारे ।

नेपाल कराँते महासंघद्वारा आयोजित प्रतियोगिताको क्याडेट महिला एकल कातामा प्रजिस्मा श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाइन् । प्रजिस्माको स्वर्ण प्रतियोगिताकै पहिलो स्वर्ण पनि हो । प्रजिस्माले फाइनलमा बंगलादेशकी मारिमास्वे नाइलाइ पराजित गरिन् । सो स्पर्धाको पुरुषमा नेपालका रेहान जावेदले बंगलादेशका उथेयनलाई हराउँदै शीर्ष स्थान हात पारे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको यु–२१ पुरुष एकल कातामा भारतका प्रसदा जाग्रुट मन्जोरी पहिलो र श्रीलंकाका एडवार्ड ब्रियोन दोश्रो भए । सो स्पर्धाको महिलामा भारतकी सुरोमती सिन्हाले नेपालकी गीता पौडेललाई पाखा लगाउदै पहिलो बनिन् ।

यु–२१ को महिला ६१ केजीमुनि भारतकी प्रशान्त सान्खे भारगवीले नेपालकी उर्साला पहरीलाई पाखा लगाउदै स्वर्ण जितिन् । महिला ६८ केजीमुनि नेपालकी आशिका राईले भारतकी पर्विन साइरालाई निराश पार्दै स्वर्ण चुमिन् । महिला ६८ केजीमाथि भारतकी दीक्षा पहिलो भइन् । दीक्षाले फाइनलमा नेपालकी दिया थापाको चुनौती पन्छाइन् ।

क्याडेटको पुरुष ७० केजीमुनि भारतका अर्विन्द कार्तिक रेड्डीले नेपालका नेहाल मण्डलमाथि जित रच्दै पहिलो भए ।

पुरुष ७० केजीमुनि भारतका प्रतापसिंह वीरले फाइनलमा नेपालका निगम तिम्सिनालाई पाखा लगाउदै शीर्ष स्थानमा रहे । महिला ४२ केजीमुनि श्रीलंकाकी करुणारत्नेले भारतकी रिचालाई पन्छ्याउदै पहिलो भइन् । महिला ४७ केजीमुनि नेपालकी पोर्सिया चौधरीले बाजी मारिन् । पोर्सियाले फाइनलमा भारतकी मोहन जनाइमाथि जित दर्ता गरिन् ।

महिला ५४ केजीमुनि भारतकी रुसा टम्बटले नेपालकी आयुशा प्रधानलाई पराजित गर्दै शीर्ष स्थानमा रहिन् । महिला ६१ केजीमुनि भारतकी पूजा सोनीले नेपालकी एलिना थिङलाई हराउदै स्वर्ण हात पारिन् । महिला ६१ केजीमाथि भारतकी खुशी कुमारी पहिलो भइन् ।

क्याडेटको पुरुष ४५ केजीमुनि बंगलादेशका मार्मा पहिलो बने । फाइनलमा नेपालका छत्र थापा ‘मेडिकल डिस्क्वालिफाइ’ भएका थिए । पुरुष ५२ केजीमुनि नेपालका ऋतिक लामाले बंगलादेशका सौकत अली सैद मोहम्मदमाथि जित निकाल्दै शीर्ष स्थान कब्जा गरे । पुरुष ५७ केजीमुनि फाइनलमा नेपालका आकाश सैजुवालले भारतका जियान चौधरीविरुद्ध जित निकाल्दै पहिलो भए । पुरुष ६३ केजीमुनि भारतका गगनदीप माथुरले नेपालका साहिल राईलाई पराजित गरी स्वर्ण जिते ।

यु–२१ महिला ४० केजीमुनि भारतकी तृप्टि पाल पहिलो भइन् । तृप्टिले फाइनलमा नेपालकी निक्क्षा थापा मगरलाई हराइन् । महिला ४५ केजीमुनि नेपालकी पार्वती गुरुङ च्याम्पियन बनिन् । पार्वतीले फाइनलमा बंगलादेशकी अर्पा सलिहाको चुनौती समाप्त पारिन् । महिला ५० केजीमुनि नेपालकी पुष्पका लामाले स्वर्ण चुमिन् । पुष्पकाले फाइनलमा भारतकी ज्योतिलाई निराश पारिन् । महिला ५५ केजीमुनि नेपालकी सोनु श्रेष्ठले स्वर्ण जित्दा भारतकी दीपिकाले रजतमा चित्त बुझाइन् ।

पुरुष ८४ केजीमुनि भारतका सोखर दोस सुमनले नेपालका सुरेश जप्रेललाई पराजित गर्दै स्वर्ण हात पारे । पुरुष ८४ केजीमाथि भारतका हर्ष गुलियाले नेपालका आशिष श्रेष्ठलाई हराउदै पहिलो बने । ७५ केजीमुनि भारतका वइभव वालियाले नेपालका निशान राणालाई पाखा लगाउदै पहिलो भए । ६० केजीमुनि नेपालका दर्जी भण्डारीले श्रीलंकाका आरके मदुरंगालाई पन्छ्याउदै पहिलो भए ।

यु–२१ कै पुरुष ५० केजीमुनि नेपालका अञ्जन मगरले श्रीलंकाका मधुसन, ५५ केजीमा नेपालका मार्सल गर्बुजाले पाकिस्तानका उस्मान सफिक तथा ६७ केजीमा भारतका पाला डोडुमले नेपालका अनिल बलरामलाई पराजित गरी स्वर्ण हात पारे ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका, भुटान र पाकिस्तानबाट १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी छन् । आइतबार सम्पन्न हुने प्रतियोगितामा ६२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

LiNing Ad
#पहिलो दिन नेपाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

एरिकले जोगाए अंक

एरिकले जोगाए अंक

आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित