बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

एपीएफलाई हराउँदै गण्डकीको शानदार जित 

शुक्रबार, ०८ मंसिर २०८०खेलपाटी संवाददाता
एपीएफलाई हराउँदै गण्डकीको शानदार जित 

एपीएफविरुद्ध ब्याटिङ गर्दै गण्डकी । फोटो : सुदर्शन रञ्जित

Loading ad...
mustang rice ad

योगेन श्रेष्ठ  

पोखरा । प्रथम केपी ओली कप राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगितामा एपीएफविरुद्ध गण्डकी प्रदेशले शानदार जित निकालेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा भएको प्रतियोगिताको दोस्रो दिन गण्डकीले विभागीय एपीएफ क्लबलाई ४ विकेटले हराएको हो । 

गण्डकीले अन्तिम २ बल बाँकी हुँदै १ सय २ रनको लक्ष्य भेट्टाएको थियो । गण्डकीले १९ दशमलव ४ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४ रन बनायो । 

टस हारेर ब्याटिङमा आएको एपीएफले १८ दशमव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । गण्डकीका बलरले आफ्नो घरेलु मैदानमा उत्कृष्ट बलिङको नमुना पेश गर्दै एपीएफलाई दबाबमा राखेका थिए । 

एपीएफका कप्तान प्रदिप ऐरीले २३ बलमा २० रन जोडे । उनले आफ्नो इनिङ्समा २ चौका १ छक्का प्रहार गरे । उनी कमल परियारको बलमा एलबिडब्लु धरापमा परे । एलविडव्लु डिसिजनमा आउट भएका अर्का ओपनर आशिफ शेखले १२ रन जोडे । उनलाई विपिन खत्रीले आउट गरे । भुवन कार्की र सुमित महर्जनले एपिएफका लागि १४–१४ रन बनाउँदा लोकेश वमले १२ रन जोडे । 

गण्डकीका लागि म्यान अफ दि म्याच समेत रहेका अमृत गुरुङ, विपिन खत्री, चन्द्र पौडेल र कमल परियारले समान २–२ विकेट हात पारे । दिनेश बुढामगर र सुदिप अर्यालले १–१ विकेट लिए । 

अन्तिम ओभरको खेल चलिरहँदा लगातार दुई विकेट गुमाउँदै धर्मराएको गण्डकीलाई अमृत गुरुङले छक्का प्रहार गर्दै जित दर्ता गराएका थिए ।

गण्डकीले स्कोर बोर्डमा २६ रन जोड्दा पहिलो विकेट गुमाउन पुग्यो । ओपनर किरण पौडेल ७ रनमा अमर रौतेलको बलमा पेविलियन फर्किदा अर्का ओपनर गौरव विकले ११ रनको व्यक्तिगत स्कोरमा इरशाद अहमदको बलमा सन्दिप जोराको हातबाट क्याच आउट हुन पुगे । 

गण्डकीका लागि मुस्कान थापाले सर्वाधिक २६ रन जोडे । उनलाई अभिनाश बोहरा बोल्ड गरे । अभिनाशकै बलमा आउट भएका दिनेश बुढामगरले २४ रन बनाए । अभिशेक थापा ११ रन बनाउँदै नटआउट रहे । 

शुक्रबार भएको पहिलो खेलमा कर्णालीलाई हराउँदै बागमती प्रदेश सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहित मेडल, ट्रफी प्राप्त गर्ने छन् ।

म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटर र बलरले जनही नगद २०–२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिता १५ गते सम्म सञ्चालन हुनेछ ।

Loading ad...
LiNing Ad
#गण्डकीको शानदार जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट