अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

काठमाडौं । टी ट्वान्टी सिरिजको पहिलो खेलमा अष्ट्रेलियामाथि भारतले रोमाञ्चक जित दर्ता गरेको छ ।बिसाखापटनममा भएको सिरिजको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई २ विकेटले हराएको हो ।
एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियासँग हारेको भारतले लगत्तै घरेलु मैदानमा टी ट्वान्टी सिरिज खेलेको हो ।
अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ९ रनको बिशाल लक्ष्य भारतले १ बल बाँकी छँदै पुरा गर्यो ।
बिशाल लक्ष्य पछ्याउने क्रममा ओपनरद्धय यशस्वी जयसवाल र ऋतुराज गायकवाडलाई क्रमश २१ र शुन्य रनमा गुमाएर दबाबमा आएको भारतको इनिङ्स कप्तान सुर्यकुमार यादव र इशान किशनले सम्हालेका थिए ।
कप्तान यादवले ४२ बलमा ८० रनको शानदार इनिङ्स खेले । इशानले ३९ बलमा ५८ रनको अर्धशतक प्रहार गरे । दुवैले तेस्रो विकेटका लागि ६० बलमा १ सय १२ रनको साझेदारी गरे । रिङ्कुल सिंहले अविजित २२ रन बनाए । अन्तिम ओभरको पाँचौं बलमा एक रन चाहिएको अवस्थामा रिङ्कुले छक्का प्रहार गर्दै भारतलाई शानदार जित दिलाए ।
अष्ट्रेलियाका तनवीर साघाले २ तथा जेसन बहरेनडोर्फ, मेथ्यु सार्ट र शान एबाटले समान एक एक विकेट लिए ।
सुरुआती ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । जोस इङग्सले १ सय १० रन बनाएको इनिङ्समा स्टेभन स्मिथले ५२ र म्याथ्यु सर्टले १३ रन बनाएका थिए । टिम डेभिड १९ रनमा नटआउट रहे ।
भारतका बलरले कुनै कमाल देखाउन सकेनन । प्रसिद्ध कृष्णा र रवि बिश्रोइले समान एक एक विकेट हात पारे ।
भारतका कप्तान सुर्यकुमार यादव म्यान अफ दी म्याच घोषित भए । टी ट्वान्टी विश्व वरियताको नम्बर एक ब्याट्सम्यान सुर्यकुमारको नेतृत्वमा भारतले टी ट्वान्टी सिरिजको टिम तयार गरेको हो ।
भारत भ्रमणमा रहेको अष्ट्रेलियाले ५ म्याचको टी ट्वान्टी सिरिज खेल्नेछ ।













