काठमाडौं । रोमेलु लुकाकुले ह्याट्रिक सहित चार गोल गरेको खेलमा बेल्जियमले युरो कप छनोटमा प्रभावशाली जित निकालेको छ ।
समूह एफको खेलमा बेल्जियमले अजरबैजानलाई ५–० ले हराएको हो ।
लुकाकुले खेलको १७ औं मिनेटमा बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले २६ औं र ३० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । उनले ३७ औं मिनेटमा टिमका लागि चौथो गोल गरेका थिए ।
पहिलो हाफमा लुकाकुको चार गोलमा बेल्जियमले ४–० को अग्रता बनाएको थियो । लिएन्ड्रो ट्रोसार्डले खेलको अन्तिम मिनेटमा गोल गर्दै बेल्जियमलाई ५–० को शानदार जित दिलाए ।
३० वर्षका लुकाकुले बेल्जियमका लागि १ सय १३ खेलमा ८३ गोल गरेका छन् । उनी बेल्जियमको राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सुचिको सातौं नम्बरमा छन् ।
पाहुना टोलीका एड्डी एसराफिलोव खेलको २४ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि बेल्जियमका लागि जित अझ सहज बन्यो ।
बेल्जियमले २० अंक सहित शीर्ष स्थानमा रहदै छनोटको यात्रा टुङ्गो लगाएको छ । अष्ट्रिया १९ अंक सहित दोस्रो र स्विडेन १० अंक सहित तेस्रो स्थानमा रहे । अजरवैजान र इस्टोनिया क्रमश ७ र १ अंक सहित चौथों र पाँचौं स्थानमा रहे ।