काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा भारत रन बनाउन संघर्षरत देखिएको छ ।
घरेलु टोली भारतले आफ्ना तीन मुख्य ब्याट्सम्यानलाई सुरुआतमै गुमाउन पुगेको छ ।
अष्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङले उत्रिएको भारतले ११ ओभरको खेल सकिदाँ ३ विकेट गुमाएको छ ।
भारतका ओपनर ब्याट्सम्यान शुभमन गिल ४ रनमा आउट भएका छन् । भारतले पहिलो विकेटको रुपमा गिललाई गुमाएको हो ।
मिचेल स्टार्सको बलमा एडम जम्पाको हातबाट गिल क्याच आउट भएका हुन् ।
कप्तान रोहित शर्मा समेत ४७ रनमा पोविलियन फर्किएका छन् । शर्माले चौका प्रहार गर्दै अर्धशतक बनाउने क्रममा ग्लेन म्याक्सवेलको बलमा ट्रेभिस हेडको हातबाट आउट भएका छन् ।
श्रेशय अय्यर प्याट कुमिन्सको बलमा जोस इग्लिसबाट क्याच आउट भए । श्रेयशले मात्र ४ रन बनाउन सके ।
फाइनलमा भारतविरुद्ध अष्ट्रेलियाले उत्कृष्ट बलिङ प्रर्दशन गरेको छ । मिचेल स्टार्स, ग्लेन म्याक्सवेल र प्याट कुमिन्सले समान एक एक विकेट झारेका छन् ।
दुवै टिमले सेमिफाइनलमा खेलेको टिमलाई फाइनलमा उतारेका छन् ।