काठमाडौं । एसीसी मेन्स यू–१९ प्रिमियर कप क्रिकेटमा साउदी अरबविरुद्धको खेलमा अर्जुन कुमालले शतक प्रहार गरेका छन् ।
बिहीबार लिग चरणको अन्तिम खेलमा साउदीविरुद्ध सुरुआती ब्याटिङ गरेको नेपालका लागि ओपनर अर्जुनले शतक प्रहार गरेका हुन् ।
उनले ९४ बलमा ११ चौकाको मदतले सो रन पार गरेका हुन् ।
मलेसियामा जारी प्रतियोगितामा सेमिफाइनल प्रवेशका लागि नेपालले समुह चरणको अन्तिम खेलमा साउदीविरुद्ध खेलिरहेको छ ।
खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउनेछ । साउदी अरबले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।
अर्जुनको शतक नेपाल ठुलो रनतर्फ अघि बढिरहेको छ । अर्का ओपनर दिपक बोहरा २९ रन बनाएर आउट भएका थिए भने तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले अर्धशतक प्रहार गरेर अर्जुनसँग उत्कृष्ट साझेदारी गरेका छन् ।