काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजमा आज बिहीबार नेपालले हङकङसँग खेल्दैछ ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपालले सिरिजको दोस्रो खेलमा हङकङसँग खेल्न लागेको हो ।
खेल बिहान ११ बजे सुरु हुने तालिका छ ।
पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेर नेपालले शानदार सुरुआत गरेको थियो ।
कप्तान रोहित पौडेलको अर्धशतकीय इनिङ्समा नेपालले यूएईलाई हराएको हो ।
टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो ।
सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।