काठमाडौं । विद्याआर्जन सितोरियो कराँते डोजोले १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठलाई सम्मान गरेको छ ।
आईतबार बडा दशैंको अवसरमा आयोजित चौथों उपत्यकाब्यापी कराँते प्रतियोगिताको अवसर पारेर डोजोले मन्देकाजीलाई सम्मान गरेको हो ।
प्रदेश खानेपानी आपूर्ति तथा उर्जा सिचाई मन्त्री तिर्थ लामाले मन्देकाजीलाई दोसल्लाह सहित सम्मान गरेका थिए ।
प्रतियोगितामा विभिन्न डोजो तथा बिद्यालयबाट ३ सय खेलाडीको उपस्थिती रहेको थियो ।
कार्यक्रम संयोजक सुर्य लामाले एक दिने प्रतियोगिता युवा खेलाडीको वृद्धि विकासमा सहयोग पुर्याउने उद्धेश्यले आयोजना गरिएको बताए ।