सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

एसियन गेम्स : पब्जीमा नेपाल सेमिफाइनलमा

शुक्रबार, १२ आश्विन २०८०खेलपाटी संवाददाता
एसियन गेम्स : पब्जीमा नेपाल सेमिफाइनलमा
Classic Tech Internet Ad

काठमाडौं । हाङझाव एसियाडको इ स्पोर्ट्स एलिटको रुपमा रहेको पब्जी मोबाइलमा नेपाली खेलाडीले सुखद नतिजा निकालेका छन् ।

शुक्रबार एलिमिनेसन राउन्डको समूह ‘सी’ मा नेपाली टोली उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । 

नेपालले सहभागिता जनाएको खेलमा हालसम्मको उपलिब्ध भनेको नेपालले क्वाटरफाइनलसम्मको यात्रा तय गर्नु हो । पब्लीले नेपाललाई पदकको आशा दिलाएको छ ।

पब्जीको सेमिफाइनलमा पुगेका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराईले आफ्नो समूहमा हङकङ, प्यालेस्टाइन र साउदी अरेबियासँग प्रतिस्पर्धा गरेका थिए । समूह ‘सी’ मा हङकङ शीर्ष स्थानमा रह्यो ।

नेपालले प्यालेस्टाइन र साउदीलाई पछि पार्दै अर्को चरण स्थान पक्का गरेको हो । प्रतियोतिगामा वरीयताका आधारमा प्यालेस्टाइनले सिधै क्वाटरफाइनलमा स्थान बनाएको थियो । तर प्यालेस्टाइन अन्तिम आठ भन्दा अगाडि बढन सकेन ।

नेपाली खेलाडीले आफ्नो समूहमा सवै चुनौती पार गर्दै सेमिफाइनलको स्थान पक्का गरेको हो । समूह ‘डी’ मा तेस्रो भएको प्यालेस्टाइन र चौथो स्थानमा रहेको साउदी अरब बाहिरिएका छन् ।

अब नेपालले शनिबार सेमिफाइनल खेल्ने छ । सेमिफाइनलमा दोस्रो स्थान रक्षा गरे नेपाल फाइनलमा पुग्ने छ । फाइनलमा पुगे पनि नेपालको पदक निश्चित हुने छैन । स्वर्ण पदकको भिडन्तमा चार टोलीबीच प्रतिस्पर्धा हुने छ । जसमा शीर्ष तीन भित्र रहे मात्र पदक जित्ने छ । यस कारण नेपालले पदक सुरक्षित गर्न कम्तीमा तेस्रो स्थान प्राप्त गर्नुपर्ने हुन्छ ।

प्रतियोगिताको शुक्रबार समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड अन्तिम चारमा पुगेका छन् । समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेईले अन्तिम चार स्थान पक्का गरे । समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन् ।

नेपालको समूहबाट नेपाल र हङकङ सेमिफाइनलमा पुगेका हुन् । अब चार समूहबाट आएका शीर्ष दुई–दुई गरी आठ टोलीलाई दुई समूहमा सेमिफाइनल खेलाइने छ । सेमिफाइनलका दुवै समूहमा चार–चार टोली हुनेछन् । समूहका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

सेमिफाइनलमा दुवै समूहको खेल शनिबार हुनेछ । यद्यपि समूह विभाजन भने भइसकेको छैन । सेमिफाइनलमा शीर्ष दुई स्थान हासिल गरे नेपाल फाइनल पुग्दै पदक नजिक पुग्ने छ ।

नेपाली टोलीका कप्तान सुविन महर्जनले वरीयता पाएको राष्ट्रलाई हराउँदै अगाडि बढ्दा निकै खुसी लागेको बताए । उनले आफ्नो समूहका सबै सहभागी टोली बलियो भएको बताए । 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

Bajaj Pulsar Motorcycle Ad
बेतना एफसी फाइनलमा

बेतना एफसी फाइनलमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

कोशी प्राइड लिग फागुन ९ देखि

कोशी प्राइड लिग फागुन ९ देखि

टेस्ट क्रिकेट इतिहासमा एउटै टोलीका दुई ओपनरको दुवै इनिङ्समा शतक

टेस्ट क्रिकेट इतिहासमा एउटै टोलीका दुई ओपनरको दुवै इनिङ्समा शतक

रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्न वञ्चित

रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्न वञ्चित