डान्सका दीपकले विश्व च्याम्पियनसिप खेल्ने
सोमबार, ०१ आश्विन २०८०खेलपाटी संवाददाता
काठमाडौं । डान्स स्पोर्ट्स खेलाडी दीपक लामा डब्लुडीएसफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने भएका छन् ।
चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका दीपकले विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
सेप्टेम्बर २३ देखि २४ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन दीपक मंगलबार बेल्जियमको लुउभेन प्रस्थान गर्दै छन् ।
दीपकले वान अन वान ब्रेकिङ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दीपक लामालाई उच्च मनोबलका साथ प्रदर्शन गरी देशको गौरव अभिबृद्धि गर्न हौसला बढाउदै एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
#डान्सका दीपक











%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764157792407.jpeg&w=3840&q=75)
