काठमाडौं । भारतीय तिव्र गतिका बलर जसप्रित बुमराहले एसिया कप अन्तर्गत सोमबार नेपालसॅंगको खेल गुमाउने भएका छन् ।
बुमराह व्यक्तिगत कारणले श्रीलंकाबाट भारत प्रस्थान गरेको भारतीय मिडियाहरुले बताएका छन् ।
उनको स्थानमा मोहम्मद सामीले प्लेईङ-११ मा मौका पाउॅंने सम्भावना रहेको छ ।
एसिया कपको समूह ए को अन्तिम खेलमा नेपालले सोमबार भारतसँग खेल्दैछ । दुई देशबीचको खेल सोमबार दिउँसो सवा ३ मा श्रीलंकाको क्यान्डीमा हुनेछ ।
समूह ए बाट पाकिस्तानले सुपर फोरमा स्थान बनाईसकेको छ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ ।
सुपर फोरमा स्थान बनाउँने पाकिस्तान पहिलो टोली समेत बनेको छ । शनिबारको भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।
शनिबारको खेलमा अंक बाडेका कारण भारतलाई नेपालविरुद्धको खेल जित्ने दबाब बढेको हो ।
सोमबार नेपालसँगको खेलमा पराजित भएमा भारतको एसिया कप यात्रा समाप्त हुनेछ । सो खेल शनिबारको जस्तै रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउँने छ ।
एसिया कपमा सहभागी ६ देश दुई समूहमा विभाजित रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् ।