सन्दीपसहितका ५ नेपाली क्रिकेटर अनसोल्ड
२०२३ सेप्टेम्बर ३, आइतबार: १०:४७ पूर्वाह्नखेलपाटी संवाददाता

काठमाडौं । बिग बास लिग (बीबीएल) २०२३२४ का लागि आज सम्पन्न खेलाडी अक्सनमा सन्दीप लामिछाने सहित अक्सनमा रहेका ५ नेपाली क्रिकेटर अनसोल्ड भएका छन् ।
ड्राफ्टमा अटाएका नेपालका लामिछाने सहितका देव खनाल, आसिफ शेख, आरिफ शेख र अर्जुन साउद अनसोल्ड भएका हुन् ।
आरिफ, आसिफ र देव पहिलो पटक कुनै पनि विदेशी लिगको ड्राफ्टमा अटाएका हुन् ।
गत वर्ष बीबीएलका लागि खेलाडी छनोटका लागि खेलाडी ड्राफ्ट भएको थियो ।
यस संस्करणको बीबीएल डिसेम्बर ७ बाट सुरु हुदैछ ।
सन्दीपसहितका ५ नेपाली क्रिकेटर अनसोल्ड