काठमाडौं । आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा भुटानविरुद्ध नेपालले पहिला बलिङ गर्दैछ ।
मलेसियामा टस जितेर नेपालले बलिङ रोजेको हो । नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।
भुटान पहिलो खेलमा युएईसँग पराजित भएको थियो । दोस्रो खेलमा कतारलाई हराएको थियो । भुटान पनि दोस्रो जितका साथ सेमिफाइनल सम्भावना जिवित राख्न चाहन्छ ।
नेपालले चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।
नेपालले विकेटकिपर काजोल श्रेष्ठको स्थानमा रुवि पोदारले स्थान बनाएकी छिन् ।
नेपालको प्लेईङ-११
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल