काठमाडौं । पाहुना टोली अष्ट्रेलियाले दक्षिण अफ्रिकासँगको तीन खेलको टीट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि मिचेल मार्शको कप्तानीमा टोली घोषणा गरेको छ ।
मार्शको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो ।
टोलीमा तीव्र गतिका बलर स्पेन्सर जोन्सन, अलराउण्डर आरोन हार्डी र म्याट सर्टसँग पहिलो पटक अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
टोलीका नियमित सदस्य रहेका मिचेल स्टार्क, जोश हेजलवुड, प्याट कमिन्स, क्यामरुन ग्रीन र डेभिड वार्नरलाई आराम दिइएको छ ।
तर, स्टिभ स्मिथलाई भने टोलीमा समावेश गरिएको छ । एसेन सिरिजका क्रममा घाईते भएका एस्टन अगर पूरा निको भईनसकेका कारण टोलीमा समावेश छैनन् ।
तीन खेलको टी-ट्वान्टी सिरिज ३० अगस्टबाट सुरु हुनेछ ।
अष्ट्रेलियाको टोली
मिचेल मार्श (कप्तान), सन एबोट, जेसन बेहरेनडोर्फ, टिम डेभिड, नाथन एलिस, आरोन हार्डी, ट्रेभिस हेड, जोश इग्लिस, स्पेन्सर जोनसन, ग्लेन म्याक्सवेल, म्याट सर्ट, स्टिभन स्मिथ, मार्कस स्टोइनिस र एडम जाम्पा