सन्न्यास लिने मनासायमा ओस्कार

काठमाडौं। करिअरको स्वर्णिम समयमा चेल्सी छोडेर चीन गएका ब्राजिली फुटबल स्टार ओस्कारले मोटो रकम कमाए।
तर, राष्ट्रिय टिममा खेल्ने अवसर गुमाउन पुगे। यसै जनवरीमा उनी आफ्नो बाल्यकालको क्लब साओ पाउलोमा फर्किएका थिए। सायद उनले करिअरको अन्त्यतिर एकपटक फेरि राष्ट्रिय टिमको लागि खेल्ने सपना देखेका थिए। तर, अब बाध्य भएर फुटबलबाट उनी टाढिने विचार गरिरहेका छन्।
करिअरको सुरुआतमा नेयमारसँगै ओस्कार पनि ब्राजिलका भरोसायोग्य युवा खेलाडीका रूपमा चिनिएका थिए। ब्राजिलको जर्सीमा २०११ देखि २०१५ सम्म ओस्कारले ४८ खेल खेलेका थिए र १२ गोल गरेका थिए।
ओस्कारसँग साओ पाउलो क्लबसँग २०२७ सम्मको सम्झौता छ। तर, उनी क्लबसँगको सम्झौता रद्द गरेर सन्न्यास लिनसमेत विचार गरिरहेका छन्। हृदयसम्बन्धी समस्या ओस्कारको लागि नयाँ कुरा होइन। गत अगस्टमा कोरिन्थियन्सविरुद्ध खेल्दा ढाडको हड्डी भाँचिएपछि उनलाई उपचार गर्नुपर्ने अवस्था आएको थियो।
त्यतिबेला उनको मुटुमा असामान्य अवस्था देखिएको थियो। त्यसबेला पनि उनलाई खेल्न अनुमति दिइएको थिएन। साओ पाउलोको लागि खेल्दा हृदयसम्बन्धी समस्याका कारण ओस्कारलाई तुरुन्तै अल्बर्ट आइन्स्टाइन अस्पताल लगिएको थियो। सौभाग्यवश यी मिडफिल्डरको अवस्था गम्भीर छैन र अहिले स्थिर छ।
३४ वर्षका मिडफिल्डर हाल निगरानीमा छन् र उनको स्वास्थ्यको ठ्याक्कै अवस्था पत्ता लगाउन विभिन्न परीक्षण भइरहेको छ। २०२५ जनवरीमा ब्राजिलियन सिरी ए’मा फर्किएको पछि ओस्कारले अहिलेसम्म २१ खेल खेलेका छन्। यसक्रममा उनले २ गोल र ५ असिस्ट छन्। प्रिमियर लिगमा चेल्सीबाट खेलेपछि उनले २०१७ मा साङ्घाइ पोर्ट क्लबसँग सम्झौता गरेका थिए। यस वर्षको सुरुमा भने उनी फ्री एजेन्ट भएर साओ पाउलो आएका थिए।












-1762856022963.jpg&w=3840&q=75)