एजेन्सी । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने ग्लोबल टी-ट्वान्टी क्यानडामा सर्रे जागुअर्सबाट मिसिसागा प्यानथर्सविरुद्धको खेलमा सानदार बलिङ गरेका छन् ।
प्यानथर्ससँगको खेलमा सन्दीपले ३ विकेट आफ्नो नाममा गरेका छन् । प्यानथर्सले सरेलाई जितको लागि ५७ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको प्यानथर्स १४ दशमलब ३ ओभरमा अलआउट हुदै ५६ रन बनायो । उसका लागि ओपनर श्रेयस मुम्बाले १७ तथा निखिल दत्तले १० रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिए ।
यस्तो रह्यो सन्दीपको चार ओभर
सन्दीपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिँदै सानदार सुरुआत गरेका थिए । सन्दीपलाई टोलीले आठौं ओभरमा बलिङमा ल्याएको थियो ।
सन्दीपले पहिलो बल जेम्श निसमलाई डट राखेका थिए । दोस्रो बलमा निशमलाई एक रन दिए । तेस्रो र चौथौ बलमा पाकिस्तानी ब्याटर आजम खानलाई डट बल गरेका थिए । पाँचौं बलमा सन्दीपले खानलाई कप्तान इफ्तिखर अहमदबाट क्याच आउट गराए ।
खान आउट भएसँगै नेदरल्यान्ड्सका ब्याटर टम कुपर क्रिजमा आएका थिए । लगत्तै अर्को बलमा सन्दीपले कुपरलाई शून्यमा एलबीडब्लू आउट भए ।
सन्दीपले टिमको १० औं तथा आफ्नो दोस्रो ओभरमा तीन मात्र रन दिए । पहिलो बल जेम्श निसमलाई एक रन दिएका थिए । त्यसपछि निखिल दत्तलाई लगातार चार बल डट राखेका थिए । अन्तिम बलमा दुई रन दिएका थिए ।
१२ औं ओभरमा सन्दीपले मात्रै एक रन दिए । सन्दीपले निखिल दत्तलाई सुरुआती लगाचार पाँच बल डट गरेका थिए । अन्तिम बलमा एक रन दिएका थिए ।
१४ औं ओभरको पहिलो बल निसमलाई डट र दोस्रो बलमा एक रन दिए । जहुर खानलाई तेस्रो बल डट राखे । चौथो बलमा जहुर खानलाई एलबीडब्लू आउट गरे ।