काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडामा नेपालका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सले मिसिसागा प्यानथर्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
वेस्ट इन्डिजका लिजेन्ड क्रिकेटर क्रिस गेलआबद्ध टोली विरुद्ध टस जितेर सर्रेले बलिङ रोजेको हो ।
सन्दीप आबद्ध सर्रेले समूह चरणको अन्तिम खेलमा गेल आबद्ध मिसिसागा प्यानथर्ससँग खेल्दैछ ।
सातौं खेल खेल्दै गरेको जगुआर्स चौथो जित निकाल्न चाहन्छ ।
जितबिहिन प्यानथर्स सातौं खेलमा पहिलो जित हात पार्न चाहन्छ ।
सन्दीप आबद्ध जगुआर्समा लिन्टन दास, एलेक्स हेल्स, मोहम्मद हरिस, ईफ्तिखार अहमद लगायतका खेलाडी रहेका छन्।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।