काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडामा आफ्नो जन्मदिन मनाई रहेका नेपालका स्पिनर सन्दीप लामिछानेले वेस्ट इन्डिजका लिजेन्ड क्रिकेटर क्रिस गेलआबद्ध टोली विरुद्ध खेल्दै छन् ।
बुधबार लामिछानेले आफ्नो २३ औं जन्मदिन मनाईरहेका छन् ।
बुधबार बेलुका नै सन्दीप आबद्ध सर्रे जगुआर्सले समूह चरणको अन्तिम खेलमा गेल आबद्ध मिसिसागा प्यानथर्ससँग खेल्दैछ ।
जगुआर्स र प्यानथर्सबीचको खेल नेपाली समय अनुसार बुधबार बेलुका पौने ९ मा ब्रैम्प्टनमा खेल्नेछ ।
सातौं खेल खेल्दै गरेको जगुआर्स चौथो जित निकाल्न चाहन्छ ।
जितबिहिन प्यानथर्स सातौं खेलमा पहिलो जित हात पार्न चाहन्छ ।
सन्दीप आबद्ध जगुआर्समा लिन्टन दास, एलेक्स हेल्स, मोहम्मद हरिस, ईफ्तिखार अहमद लगायतका खेलाडी रहेका छन्।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।