तेक्वान्दोका चार प्रशिक्षक दक्षिण कोरिया जाने
आइतबार, असार २४, २०८०खेलपाटी संवाददाता
काठमाडौं । इन्टरनेसनल मास्टर्स इन्स्ट्रक्टर कोर्स तथा पुम-डान एक्जामिनर कोर्समा सहभागी हुन ४ सदस्यीय तेक्वान्दो प्रशिक्षक टोली दक्षिण कोरियाको सिओल जाने भएको छ ।
जुलाई ७ देखि १४ तारिखसम्म हुने कोर्समा मोहन विश्वकर्मा, हरिहर पाण्डे, मिन न्यौपाने र पुष्पराज जोशीले सहभागिता जनाउने छन् । चारै पुम÷डान एक्जामिनर कोर्समा सहभागी हुने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रशिक्षक टोली सोमबार दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
#तेक्वान्दो #प्रशिक्षक








-1753017726.jpeg&w=3840&q=75)



-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)