मंगलबार, कार्तिक १२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

आर्मी र एपिएफको लगातार दोश्रो जित

आइतबार, असार २४, २०८०खेलपाटी संवाददाता
आर्मी र एपिएफको लगातार दोश्रो जित
Classic Tech Internet Ad

काठमाडौ । सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार दोश्रो जित निकाल्न सफल भएका छन् । 

लगातार दोस्रो जित सहित दुवै टिमले समान ६ अंक जोडेका छन् । 

आर्मीले दोश्रो दिन दोश्रो जित निकाल्ने क्रममा दावाँली मिलन क्लबलाई २–१९, २५–११, २५–२० अंकले पराजित गर्दै थप ३ अंक जोड्न सफल भएको छ । पहिलो दिनको खेलमा आर्मीले सैलुङ्ग बाघढुङ्गलाई पराजित गरेर ३ अंक जोडेको थियो ।

यस्तै एपिएफले पनि आज भएको आफ्नो दोश्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लबलाई ३–१ ले पराजित गर्दै थप ३ अंक जोडेको हो । पहिलो सेट २१–२५ ले गुमाएको एपिएफ खेलमा फर्कदै लगातार बाँकी तीन सेट २५–२१, २५–२३, २५–१७ ले जित्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भएको हो । हिजोको पहिलो खेलमा एपिएफले दावाली मिलन क्लबलाई पराजित गरेको थियो ।

प्रतियोगिताको दावेदार टिम टिपटप हेल्प नेपालले पनि आज आफ्नो पहिलो खेलमा सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् कलब, रामेछापलाई ३–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो । तीन पाकिस्तानी खेलाडी सहित कोर्टमा उत्रेको हेल्प नेपालले सैलुङ्गलाई २५–१२, २५–१५, २५–१९ ले पराजित गरेको हो ।

नेपाल भलिबल संघको आयोजनमा भएको लिगको महिला तर्फको खेलमा एपिएफले आर्मीलाई ३–२ सेटले पराजित गर्दै अंक बाँड्न बाध्य भयो । संघर्षपूर्ण खेलमा पहिलो र दोश्रो सेट ३०–२८, २५–२३ ले जितेको एपिएफले तेश्रो र चौथो सेट गुमाउन पुग्यो । आर्मीले तेश्रो सेट २०–२५ र चौथो सेट १९–२५ ले जित्यो । निर्णायक तथा पाँचौ सेट आर्मीले खेलको लयलाई गुमाउन पुग्दा एपिएफले १५–६ ले जित हात पार्दै जितलाई आत्मसाथ गरेता पनि आर्मीसंग अंक बाँड्न पुग्यो । आजको जितबाट एपिएफको २ अंक र हारका बावजुद पनि आर्मीको १ अंक भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फकै अर्को खेलमा होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० सेटले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोड्यो । डायमन्डले गण्डकीलाइ २५–१७, २५–१६, २५–१५ ले पराजित गरेको हो ।

Bajaj Pulsar Motorcycle Ad
#आर्मी र एपिएफ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

Bajaj Pulsar Motorcycle Ad
पथरीशनिश्चरे गोल्डकपमा  ए डिभिजनका दुईसहित ८ टिम 

पथरीशनिश्चरे गोल्डकपमा ए डिभिजनका दुईसहित ८ टिम 

शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित