बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रफुल र रुकेशको जोडी सेमिफाईनलमा

शनिबार, १६ असार २०८०खेलपाटी संवाददाता
प्रफुल र रुकेशको जोडी सेमिफाईनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा जारी तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेका छन् ।

महर्जन जोडीले नेपाल पुलिस क्लबका सुनिल जोशी र अमन श्रेष्ठको जोडीलाई २१– १०, २१–१५ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् । 

महर्जन जोडीले फाईनल प्रवेशका लागि कास्कीका बिधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडी संग प्रतिस्पर्धा गर्ने छन् । बिधान र लिनथेपको जोडीले नखिपोटका बिवेक कन्दङ्गवा र नेल्सन राईको जोडीलाई २१–१२, २१–१४ ले पराजित गरे ।

यस्तै, एपिएफका प्रिन्स दाहाल र बिजित थापा मगरको जोडीले पनि सेमिफाईनल यात्र तय गरे । उक्त जोडीले बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गोल र सुमित महर्जनको जोडीलाई २१–१८, २१–१९ ले पराजित गर्दै सेमिफाईनलमा पुलिसका जिवन आचार्य र बिष्णु कटुवालको जोडीसंगको भेट पक्का गरे । जिवन र बिष्णुको जोडीले आर्मीका देवराज राना र रोशन साउदको जोडीलाई २१–१५, २१–८ले पराजित गर्दै दाहाल र थापा मगरको जोडीसंगको भेट पक्का गरेका हुन् ।

नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिको ब्यवस्थापनमा भएको प्रतियोगिताको ब्वाईज यु ११ तर्फको खेलमा आर्मीका दीप थिङ्गले आईबिएससीका प्रशान्त बुढाथोकीलाई २१–११, २१–१९, सूर्यदर्शन ब्याडमिन्टन एकेडेमीका आदित्य थारुले कपिलबस्तुका विराट बस्नेतलाई २१–११, १९–२१, २१–१६, आईबिएससीका प्रिन्स थापा मगरले महाबौद्ध युथ क्लबका आर्भ शाक्यलाई २१–१४, २१–१० तथा दोलखाका आर्नभ श्रेष्ठले आइबिडीसीका अक्षत ढुङ्गेललाई २१–१६, १८–२१, २१–१५ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाए ।

यस्तै गल्स यु १३ तर्फको खेलमा डिबिएकी अश्मिता खत्रीले आर्मीकी समृद्धि श्रेष्ठलाई २१–१६, २१–१९, बेलटार ब्याडमिन्टन एकेडेमीका दिया राईले भक्तपुरकी स्वर्लिन श्रेष्ठलाई २३–२१, २१–१६, एमबिबिएफकी निभा राईले दोलखाकी रितिका श्रेष्ठलाई २१–८, २१–९ र ललितपुरकी टिशा रानी शाक्यले आर्मीकी एजिरेन्का शेरचनलाई २१–९, २१–२ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे ।

यसै बिधाको ब्वाईज तर्फको खेलमा आर्मीका रिजन मगर र दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई २१–१२, २१–१४, सुहम कार्कीले आर्मीका दीप थिङ्गलाई २१–१५, २१–८, एपिएफका आरुष सिमखडाले देवीनगरका प्रवल श्रेष्ठलाई २१–१५, २१–१० र आर्मीका सुदेश राजकोटीले आबिडिसीका अक्षत ढुङ्गेललाई २१–१०, २१–५ ले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरे ।
 

Loading ad...
LiNing Ad
#प्रफुल #रुकेश

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य