एसियाडका लागि ४ भारोत्तोलन खेलाडी छनोट
२०२३ जुन २८, बुधबारखेलपाटी संवाददाता
1687959343.jpg&w=3840&q=75)
काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि ४ खेलाडी छनोट भएका छन् ।
अन्तिम छनोट प्रतियोगिताबाट समान २–२ पुरुष÷महिला गरी ४ खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् ।
पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भए । महिला ५५ केजीमा प्रहरीकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरी छानिए ।
एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।
एसियाडका लागि ४ भारोत्तोलन खेलाडी छनोट