छैटौं विश्वकप खेल्दै मार्टा
बुधबार, असार १३, २०८०खेलपाटी संवाददाता

काठमाडौं । ब्राजिलियन फरवार्ड मार्टाले छैटौं पटक फिफा महिला विश्वकप खेल्ने भएकी छिन् ।
ब्राजिलले विश्वकप खेल्ने घोषणा टोलीमा मार्टा अटाएकी छिन् ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त आयोजना विश्वकप जुलाई २० मा सुरु हुँदैछ ।
३७ वर्षिया मार्टा ६ पटकको फिफा वर्ल्ड प्लेयर अफ दि इयर अवार्ड विजेता खेलाडी हुन् ।
उनी १७ गोल गर्दै फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
तर, ब्राजिलले हालसम्म विश्वकप जित्न सकेको छैन ।
ब्राजिल आगामी विश्वकपमा फ्रान्स, जमैका र पानामा रहेको समूह 'एफ' मा रहेको छ ।
छैटौं विश्वकप खेल्दै मार्टा







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

