लियो स्पोर्ट्स च्याम्पियन
२०२३ जुन २५, आइतबारखेलपाटी संवाददाता

काठमाडौं । लियो स्पोर्ट्सले पब्जी मोबाइल नेपाल सिरिज २०२३ को उपाधि जितेको छ ।
लियो स्पोर्ट्सले गत वर्षको विजेता टी २ के ई स्पोर्ट्सलाई पछि पार्दै उपाधि जितेको हो ।
उपाधिसँगै लियो स्पोर्ट्सले कुल ३ लाख ५० हजार नेपाली रुपैयाँ नगद पुरस्कार जितेको छ ।
फाइनलमा कुल १५ खेल खेलिएका थिए जसमा नेपालका शीर्ष १६ टोलीले उपाधिका लागि संघर्ष गरेका थिए ।
स्काइलाइट्ज गेमिङ तेस्रो स्थानमा रह्यो।
लियो स्पोर्ट्स च्याम्पियन