नेपाल सेमिफाइनलमा भुटानसँग पराजित
मंगलबार, ०५ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपाल माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ ।
मालेमा मंगलबार राति भएको दोस्रो सेमिफाइनलमा नेपाललाई भुटानले हराएको हो ।
रोमान्चक खेलमा भुटानले नेपाललाई ६१-६० ले हराएको हो ।
अन्तिम सेकेण्डको बजर बिटरमा ३ अंक जोडेपछि भुटानले फाइनल यात्रा तय गरेको हो ।
लिग चरणमा शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको नेपाललाई भुटानले लगातार दोस्रो खेलमा हराएको हो ।
लिग चरणको पहिलो खेलमा समेत नेपाललाई भुटानले ६१-५५ ले हराएको थियो ।
अब भुटानले फाइनलमा बंगलादेशको सामना गर्नेछ । बंगलादेशले पाकिस्तानलाई ७९-६५ ले हराएर फाइनलमा स्थान पक्का गरिसकेको छ ।
नेपाल सेमिफाइनलमा भुटानसँग पराजित









-1771379804067.webp&w=3840&q=75)


-1771347430499.jpeg&w=3840&q=75)
-1771342965899.jpeg&w=3840&q=75)
