• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
भारतका नुवैरद्धारा उपाधि रक्षा
खेलपाटी संवाददाता
आइतबार, असार ३, २०८० खेलपाटी संवाददाता
भारतका नुवैरद्धारा उपाधि रक्षा

ललितपुर । भारतीय ईन्टरनेशनल मास्टर मोहम्मद नुवैरशाह सेख साउथ एशियन चेस च्याम्पिनशीपको उपाधि रक्षा गर्न सफल भएका छन् ।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा गोदावरी स्थित होटल भ्यु भृकुटीमा आईतबार सम्पन्न च्याम्पियनशीपको नवौं चरणको खेलमा नेपालका फिडेमास्टर क्षितीज भण्डारीलाई पराजित गरेका नुवैरले १ लाख ५० हजार नगद पुरस्कार समेत हात पारे ।

सन् २०१९ को नोभेम्बर महिनामा बंगलादेशको ढाकामा सम्पन्न च्याम्पियनसीपको पहिलो संस्करणका विजेता समेत रहेका नुवैरले आफ्नो उपाधि रक्षा गर्ने क्रममा अपराजीत रहँदै ९ खेलबाट ८ दशमलब ५ अंक बनाए । राउण्ड रोविन प्रणालीमा सम्पन्न च्याम्पियनसीपमा नेपाल च्याम्पियन फिडेमास्टर रुपेश जयसवालसँग बराबरीको नतिजा हात पारेका उनले बाँकी सबै खेलमा जीत हात पार्न सफल भए ।

महिलातर्फको उपाधि वुमन ईन्टरनेशनल मास्टर साक्षी चितलांगेले जितेकी छन् । महिलातर्फको उपाधि हात पार्ने क्रममा सतप्रतिशत जित हासिल गर्न सफल साक्षीले नगद १ लाख हात पारेकी छन् ।

च्याम्पियनसीपमा सहभागी एकमात्र ग्रान्डमास्टर सायानतन दास ७ दशमलब ५ अंकका साथ दोश्रो हुन सफल भए । उपाधि विजेता नुवैरशाहसँग पहिलो चरणमा अंक गुमाउन पुगेका उनी नेपाली स्टार रुपेशसँग समेत बराबरीमा रोकिए भने अन्य ७ खेलमा जीत हात पार्दै १ लाख नगद हासिल गरे । त्यसैगरी ९ खेलबाट ६ अंक बनाउन सफल नेपाल च्याम्पियन रुपेश जयसवालले तेश्रो स्थानमा रहँदै ६० हजार नगद पुरस्कार प्राप्त गरे ।

महिलातर्फ बंगलादेशका वादिफा अहमद ५ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहन सफल भईन भने महिला नेपाल च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनी ४ दशमलब ५ अंकका साथ तेश्रो हुन सफल भईन । दोश्रो तथा तेश्रो हुन सफल वादिफा र सुजनाले क्रमशः ६० हजार तथा ४० हजार नगद प्राप्त गरे ।

दक्षिण एसियाली राष्ट्रहरु नेपाल, बंगलादेश, भारत, पाकिस्तान र भुटानका खेलाडीको सहभागितामा मंसिर ३० गतेबाट शुरु भएको च्याम्पियनशीपका लागि राष्ट्रिय खेलकुद परिषद, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्जोसोम गाउँपालिका, बागमती गाउँपालिका, महाँकाल गाउँपालिका र ललितपुर जिल्ला समन्वय समितिको आर्थिक सहयोग रहेको नेपाल बुद्धिचाल महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले जानकारी दिए ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP