• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
नुबैर र साक्षीको अग्रता कायमै
खेलपाटी संवाददाता
शनिबार, असार २, २०८० खेलपाटी संवाददाता
नुबैर र साक्षीको अग्रता कायमै

काठमाडौं । नेपाल च्याम्पियन २१४६ फिडे मास्टर रुपेश जैसवालले भारतीय २५०८ रेटेड ग्राण्ड मास्टर सयन्तन दासलाई सातौं चरणको खेलमा बराबरीमा रोक्न सफल भएका छन् ।

यस बराबरीसंगै दासको उपाधि जित्ने यात्रमा ठूलो धक्का लागेको छ।

निकै नै रोचक खेलमा कालो गोटी लिएर सिसिलेन प्रणालीमा खेल सुरु गरेका दास आक्रमक रुपमा प्रस्तुत भए। सेतो गोटी लिएका रुपेशले दासको हरेक चालको जवाफ दिए। तर खेलको ५८ औं चालमा सिपाहि एउटा दासले फाइदा गरे। जसले गर्दा रुपे दवावमा आए। सिपाहि एउटा गुमाए पनि धैर्यताका साथ दासको सामना गर्दै गए।

सिपाहि एउटाको फाइदा उठाउन दासले निकै प्रयत्न गरे पनि रुपेशलाई हराउन असफल भए र खेलको १०५ औं बराबरी स्वीकार्न बाध्य भए।

रुपेशले तेस्रो चरणको खेलमा पनि सातौ चरणसम्म अग्रता लिइ रहेका २४१५ रेटेड नुबैर शााह मोहम्मद लाई बराबरीमा रोकेका थिए।

रुपेशले छैटौं चरणको खेलमा पुरुषोत्तम सिलवाललाई हराएका थिए।

त्यस्तै १४ वर्षका १८३४ रेटेट खेलाडी पुरुषोत्तम सिलवालले बंगलादेशका २२१२ रेटेड फिडे मास्टर हसन पराग मेहन्दीलाइ पराजित गरि सनसनी पुर्ण नतिजा निकाले ।

हसनले कालो गोटी लिएर सिसिलेन प्रणालीमा खेल सुरु गरे। सोतो गोटी लिएर खेल अगाडि बढाएका पुरुषोत्तमले निकै नै आक्रमक देखिएका हसनको हरेक चाललाई विफल बनाउँदै लगे।

निकै नै ट्याक्टिकल खेलको २५ औ चालमा पुरुषोत्तमले घोडा एउटा गरे र २६ औं चालमा पुनः घोडा बलिदान गरि प्यादा दुई  वटा लिए। दुइटा प्यादा गुमाए पछि निरीह बनेका हसन माथी पुरुषोत्तमले लगातार दवाव दिन सफल भए। जसको परिणामस्वरूप हसन ३७ औं चालमा पुरुषोत्तमलाई खेल सुम्पे ।  पुरुषोत्तमको ३ अंक र रुपेशको ४ अंक रहेका छन् ।

सातौ चरणको खेल सम्पन्न हुँदा चौथो स्थानमा रहेका क्षितिज भण्डारीले छैटौं र सातौ चरणमा जीत निकाली साढे ४ अंक जोडेका छन् ।

क्षितिजले सातौ चरणको खेलमा पूर्व नेपाल च्याम्पियन २०३२ सुरवीर लामा माथी  खेलको ५८ औं जीत हात पारे भने छैटौं चरणको खेलमा भुटानका डिक्चेन दोर्जीलाए पन्छाएका थिए।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा संचालन भइरहेको साउथ एशियन चेस च्याम्पियनसिपमा छैटौं र सातौ चरणको खेल सम्पन्न हुदा खुल्लातर्फ प्रतियोगिता अवधिमा उत्कृष्ट प्रदर्शन गरिरहेका भारतका  २४१५ रेटेड इन्टरनेशनल  मास्टर  नुबैर शाह मोहम्मद  साढे छ अंक सहित शिर्ष स्थानमा नै रहेका छन् । उनले छैटौं चरणको खेलमा बंगलादेशका हसन पराग मेहन्दीलाई खेलको ४१ औं चालमा निरास पारे भने सातौ चरणको खेलमा बंगलादेश कै अब्दुल मोहम्मद मलेक माथी २९ औ चालमा सफलता हात पारे।

त्यस्तै २५०८ रेटेड ग्राण्ड  मास्टर सयन्तन दास साढे ५ अंक लिइ दोस्रो स्थान ओगटेका छन् । उनले छैटौं चरणको खेलमा पाकिस्तानका अमिर करिमलाई हराएका थिए।

 पाकिस्तानी खेलाडी २०४६ रेटेड अमिरले सातौ चरणको खेलमा डिक्चेन दोर्जीलाई हराउँदै ५ अंक जोडेर तेस्रो  स्थानमा रहेको छ भने सुरवीर लामाको साढे २ रहेको छ।

महिलातर्फ चौथो र पाँचौ चरणको खेल सम्पन्न हुँदा  भारतीय इन्टरनेशनल मास्टर २२२५ रेटेड साक्षी आनान्दले  ५ अंक सहित  शिर्ष स्थान नै रहेका छन्।

उनले पाँचौ चरणको खेलमा नेपालका सुशीला गुरुङलाई हराइन् भने चौथो चरणमा मालदिप्सकि

नुहा रिवानबाट वाक ओोभर पाएका थिए।

त्यसैगरि बंगलादेशका  १९१३ रेटेड वदिफा अहमद ४ लिइ दोस्रो स्थानमा छन्। उनले चौथो  खेलमा सुशीला गुरुङलाई पराजित गरिन् भने पाँचौ चरणमाको खेलमा शान्ति धिमाल माथि बाजि मारे।

ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा जारी प्रतियोगितामा नेपालका १७५३ रेटेड फिडे मास्टर सुजना लोहनी र  बंगलादेशका १८५२ रेटेड जन्नतउल फेरडोस  साढे ३ अंक जोडी संयुक्तरूपमा तेस्रो स्थानमा रहेकि छिन ।

चौथो चरणको खेलमा जन्नतउलसंग बराबरी खेलेका सुजनाले पाँचौ चरणको खेलमा नहा रिजवानसंग वाक ओभर पाए भने जन्नतउलले पाँचौ चरणको खेलमा रिया श्रेष्ठलाई पन्छाइन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP