आइतबार, २१ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

मुकेश र राममाया च्याम्पियन

शनिबार, ०२ असार २०८०खेलपाटी संवाददाता
मुकेश र राममाया च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं ।  मुकेश पाल र राममाया बुढाले शनिबार युथ ओपन फाइभ के रनको उपाधि जितेका छन् ।

त्रिभुवन आर्मी क्लबका मुकेश पुरुषतर्फ र नेपाल पुलिस क्लबकी राममाया महिलातर्फ च्याम्पियन बनेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मुकेशले निर्धारित दुरी १५ मिनेट २७.८ सेकेण्डमा पूरा गर्दै उपाधि जिते ।

पुरुषतर्फ दोस्रो भएका आर्मीका श्रीकाश राईले १६ मिनेट ०८.६ सेकेण्डको समय निकाले । आर्मीकै शुशील कुमार शाही १६ मिनेट ०९.७ सेकेण्डको समय सहित तेस्रो भए ।

पुलिसका नागेश्वर अहिर चौंथो, एपीएफका सन्जिब नेपाली पाँचौं भए । राजेन्द्र तामाङ छैटौं, शिव रायमाझी सातौं, मिङमार सिंह तामाङ आठौं, सन्दीप ढकाल नवौं र अक्कल पाल दशौँ स्थानमा रहे ।

महिलातर्फ राममायाले १८ मिनेट ५३.२७ सेकेण्डको समय निकाल्दै उपाधि जितेकी हुन् ।  आर्मीका पुर्णलक्ष्मी न्यौपाने १८ मिनेट ५५.५० सेकेण्डको समयसहित दोस्रो भए । तेस्रो स्थान हासिल गरेकी एपीएफकी आशा रावतले १९ मिनेट ३९.३२ सेकेण्डको समय निकालिन ।

यस्तै सुमित्रा चौधरी चौंथो, सुजना पाण्डे पाँचौं,अश्मिता भुजेल छैटौं, सुशन कार्की सातौं, सोनु घतानी आठौं, बबिता राई नवौं र विमला तामाङ दशौँ स्थानमा रहे ।

एथलेटिक्स परिवार नेपालको आयोजनामा भएको प्रतियोगिताको विजेता महिला र पुरुष खेलाडीले ट्रफी, पदकसहित समान २० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार, चौथो र पाँचौं हुनेले समान दुई हजार प्राप्त गरे । छैटौं देखि दशौं स्थान सम्म हासिल गर्ने खेलाडीले समान एक हजार रुपैयाँ प्राप्त गरे ।

‘चेतनशील युवा सशक्तिकरण’ भन्ने नाराका साथ आयोजना भएको दौड दशरथ रंगशालाबाट सुरु भएर सुन्धारा, वीर अस्पताल हुदै केशलमहल पुग्नेछ । त्यसपछि नारायणहिटी संग्राहलयको दक्षिण गेट हुदै घण्टाघर, भृकुटीमण्डप, भद्रकाली, शहीद गेट, सुन्धारा हुदै दशरथ रंगशालामा आएर सकिएको थियो ।

प्रतियोगितामा तीन विभागीय टिमका खेलाडी सहित देशभरका ४८ जिल्लाबाट ३ सय ८६ जना खेलाडीले सहभागिता जनाएका थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ लगायतले पुरस्कृत गरेका थिए ।

प्रतियोगितालाई काठमाडौं महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, नेपाल एथलेटिक्स एसोसियसन, नेपाल इनभेष्टमेन्ट मेगा बैंग, खेलपाटी डटकम, इको प्यानल नेपाल, लुम्बिनी हेल्थकेयर लगायतले सहयोग गरेको थियो ।

Bajaj Pulsar Motorcycle Ad
मुकेश र राममाया च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

 सुदूरपश्चिमका दुई अस्ट्रेलियन खेलाडी स्वदेश फर्किए

सुदूरपश्चिमका दुई अस्ट्रेलियन खेलाडी स्वदेश फर्किए

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य