शनिबार, २३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

लुम्बिनी टिम च्याम्पियन

आइतबार, २८ जेठ २०८०खेलपाटी संवाददाता
लुम्बिनी टिम च्याम्पियन
Loading ad...
mustang rice ad

धरान । लुम्बिनी प्रदेश दोस्रो राष्ट्रिय कुराँश प्रतियोगितामा च्याम्पियन भएको छ ।

धरानमा आइतबार सम्पन्न तीनदिने प्रतियोगितामा लुम्बिनी सर्वाधिक १२ स्वर्ण, ६ स्वर्ण र ९ कांस्य पदकसहित च्याम्पियन भएको हो ।

नेपाल कुराँश संघको आयोजनामा भएको प्रतियोगिता विभागीय टोली नेपाल आर्मी दोस्रो भयो । आर्मीले चार स्वर्ण र तीन रजत पदक जित्यो । सुदूरपश्चिम प्रदेश तीन स्वर्ण, एक रजत र चार कांस्य पदक जित्दै तेस्रो भयो । दुई दिने प्रतियोगितामा पुरुषतर्पm गण्डकीका सुजित पासवान र महिला लुम्बिनीकी प्रतीक्षा केसी उत्कृष्ट खेलाडी घोषित भए । प्रतीक्षाले महिला ५२ केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी थिइन् । आर्मीकी उर्मिला गुरुङ तथा प्रदेश–१ की स्वस्तिका मण्डल र सुदूरपश्चिमकी देविका थापा कांस्य जिते ।

पुरुषतर्पm उत्कृष्ट सुजितले २५ केजीमुनि तौलसमूहमा रजत पदक जितेका थिए । यो तौलसमूहमा लुम्बिनीका सुमित महतोले स्वर्ण जित्दा बागमतीका दियान तामाङ र सुवास विकले कांस्य पदक जितेका थिए । जुनियर महिला ४४ केजीमुनि लुम्बिनीकी दीपा खत्रीले स्वर्ण जित्दा लुम्बिनीकै नेहा खत्रीलाई हराइन् । गण्डकीकी कमला तामाङ र प्रतीक्षा इङनामले कांस्य पदक जितिन् । महिला सिनियर ५७ केजीमुनि लुम्बिनीकी अमिशा रानामगरले स्वर्ण जित्दा लुम्बिनीकै आसिका जिसीले रजत पदक जितेकी थिइन् ।

गण्डकीकी लिला पुरी र मधेशकी अस्था राईले कांस्य पदक जितिन् । सिनियर पुरुष ७३ केजीमुनि तौलसमूहमा आर्मीका सुनिल जिसीले स्वर्ण जिते । गण्डकीका आशिष तामाङले रजत तथा सुदूरपश्चिमका हरिगोविन्द जोशी तथा प्रदेश–१ का युनिक मेहताले कांस्य पदक जिते । जुनियर महिला २५ केजीमुनि लुम्बिनीकी एन्जिला थापामगरले स्वर्ण जित्दा मधेशकी प्राप्ति रानामगरलाई हराइन् । प्रदेश–१ की श्रीप्रिया अग्रवाल र बागमतीकी शायरा श्रेष्ठले कांस्य पदक जिते ।

प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले गरेका थिए । प्रतियोगिताको विजेतालाई कोशी प्रदेशका पूर्वमुख्य मन्त्री राजेन्द्र राई र विशेष अतिथी कोशी प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव हंषराज वाग्लेले पुरस्कृत गरेका थिए । समापन समारोहमा नेपाल कुराँश संघका अध्यक्ष ध्रुवराज न्यौपाने, अन्तर्राष्ट्रिय कुराँश महासंघका टेक्निकल डाइरेक्टर रवि कपुर, संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक जीवन राई र संघका अन्य पदाधिकारी तथा सदस्य उपस्थित थिए ।

जेठ २६ देखि २८ गतेसम्म सम्पन्न प्रतियोगितामा पुरूष तथा महिला दुवैतर्पm जुनियर र सिनियर गरी कुल चार विधामा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक जीवन राईले जानकारी दिए । तीनदिने प्रतियोगितामा कुल एक सय ५१ खेलाडीले कुल ३१ स्वर्ण पदकका प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीसहित ६ प्रदेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता अगाडि गत जेठ २६ गते रेफ्री सेमिनार पनि भएको थियो । अन्तर्राष्ट्रिय कुराँश महासंघका टेक्निकल डाइरेक्टर रवि कपुरले उक्त सेमिनार प्रदान गरेका थिए ।

Loading ad...
LiNing Ad
लुम्बिनी टिम च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने