सोमबार, २८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

दिनेशलाई प्रो-एमको उपाधि

शनिबार, २७ जेठ २०८०खेलपाटी संवाददाता
दिनेशलाई प्रो-एमको उपाधि
mustang rice ad

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो-एमको उपाधि व्यवसायिक गल्फर दिनेश प्रजापति र टिमले हात पारेको छ।

गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगितामा दिनेश सहित एमेच्योर खेलाडीहरू समिर आचार्य, कर्णेल प्रताप बोहरा र अर्जुन कुमार कार्कीको टिमले १६२ अंक सहित उपाधि जितेको हो। दिनेश र समिरले ४१-४१ अंक जोडे भने प्रताप र अर्जुनले ४०-४० अंक प्राप्त गरे।

यसैगरि, प्रो भुवन‌ नगरकोटी र एमेच्योर खेलाडीहरु टासी छिरिङ्ग, उज्जवल प्रधानाङ्ग र सुनिल कार्कीको टोली १५३ अंक सहित दोश्रो स्थान प्राप्त गरे। भुवन, उज्जवल र सुनिलले समान ३८ अंक जोड्दा टासीले ३९ अंक बनाए।

धरानका प्रो बलभद्र राई तथा एमेच्योर खेलाडीहरु भाईराजा पाण्डे, काल्साङ्ग लोधे शेर्पा र राजु थकाली १५१ अंक सहित तेश्रो भए। बलभद्रले ३७ अंक जोडे। एमेच्योर खेलाडीहरु भाईराजा, काल्साङ्ग र राजुले समान ३८ अंक बनाए।

महिला तर्फ बेस्ट ईन्डिभिजुअल स्कोरको उपाधि रेखा घिमिरेले जितिन्। रेखा र आईन्स्टिना टण्डनले समान ३४ अंक जोडेपछि विजेताको छिनोफानो काउन्ट ब्याकमा गरिएको हो। रेखाले ब्याक नाईनमा १८ अंक जोडेकी थिईन भने १३-बर्षिया आईन्स्टिनाले १७ अंक बनएकी थिइन्।‌

मन्दीप केसी र भाईराजा पाण्डेले क्रमश  लङ्गेस्ट ड्राईभ र क्लोजेस्ट टु दि पिनको उपाधि हात पारे।

स्टेवलफोर्ड ३/४ ह्याण्डीक्यापको आधारमा खेलाईएको प्रतियोगितामा २५ प्रो सहित कूल १३५ गल्फरले भाग लिएका थिए। सूर्य नेपाल प्रालिको प्रबन्ध निर्देशक रवि कुमार रायवरम, कर्पोरेट भाईस-प्रेसिडेन्ट रवि केसि, मार्केटिङ्ग भाईस-प्रेसिडेन्ट दिप्रा लाहिरी, फाईन्यान्स भाईस-प्रेसिडेन्ट विकास भत्रा, एनपीजीएका अध्यक्ष रबिन्द्र मान श्रेष्ठ रगोकर्ण गल्फ क्लबका अध्यक्ष सुरिद घिमिरेले पुरस्कार वितरण गरे।

सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हिजो सकियो। जसको उपाधि १३औं दक्षिण एसियाली खेलकुद सागका दोहोरो स्वर्ण विजेता सुबाश तामाङले जिते। उनले २१-अन्डर २ सय ६७ को सानदार नतिजामा उपाधि जितेका हुन्।

LiNing Ad
दिनेशलाई प्रो-एमको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
सत्यवतीको फराकिलो जित

सत्यवतीको फराकिलो जित

एमबाप्पेको व्यवहारको आलोचनामा बार्सिलोनाका अध्यक्ष लापोर्टा

एमबाप्पेको व्यवहारको आलोचनामा बार्सिलोनाका अध्यक्ष लापोर्टा

एन्फा निर्वाचन राेक्न अन्तरिम आदेश

एन्फा निर्वाचन राेक्न अन्तरिम आदेश

टिकापुरको सानदार जित

टिकापुरको सानदार जित

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने

लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने

कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु