शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

एमेच्योर सुबाशलाई उपाधि

शुक्रबार, २६ जेठ २०८०खेलपाटी संवाददाता
एमेच्योर सुबाशलाई उपाधि
mustang rice ad

काठमाडौ । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङले जितेका छन्।

उनले अन्तिम दिन ७ अन्डर ६५ को उत्कृष्ट स्कोर गरे। समग्रमा २१ अन्डर २ सय ६७ सहित उनले अर्का एमेच्योर खेलाडी सदभाव आचार्यलाई चार स्ट्रोकले हराए।

सुबाशको यो सिजनको दोस्रो र करियरको पाँचौं प्रो उपाधि हो। उनले आज प्रो र एमेच्योर दुवैतर्फको ट्रफी आफ्नो नाममा लेखाउँदै सिजनको अन्त्य सानदार गरे।

प्रोफेसनल गल्फरहरूले यो पटक पनि एमेच्योर खेलाडीको चुनौती पन्छाउन सकेनन्। राष्ट्रिय टिमका खेलाडी युवा गल्फर सदभावले १अन्डर ७१ सहित समग्रमा १७अन्डर २ सय ७१ को स्कोरमा दोस्रो स्थान प्राप्त गरे। उनी एमेच्योरर्फ पनि दोस्रो भए।

धरानका नीरज तामाङले आज ४अन्डर ६८ को स्कोर निकाले र समग्रमा १२अन्डर २ सय ७६ सहित तेस्रो भए। प्रोफेसनलतर्फ उनी पहिलो भए। उनले २ लाख ७० हजार नगद पुरस्कार प्राप्त गरे।

डिफेन्डिङ च्याम्पियन शुक्र बहादुर राईले ४ अन्डर ६८ मा खेल सकाउँदा समग्रमा ११ अन्डर २ सय ७७ सहित चौंथो स्थान प्राप्त गरे। प्रोतर्फ दोस्रो हुदै उनले १ लाख ७० हजार प्राप्त गरे। यो पुरस्कार राशीमा शुक्रले नम्बर एक खेलाडीको स्थानलाई जोगाएका छन्। यो सिजन उनले कुल ६ लाख ३४ हजार प्राप्त गर्दै सर्वाधिक पुरस्कार हात गरे। 

भुवन नगरकोटीले समग्रमा ५ अन्डर २ सय ८३ स्कोर गरे। अन्तिम दिनको खेल इभन पार ७२ मा सकाउँदै भुवन पाँचौ भए। प्रोतर्फ उनी तेस्रो भए र १ लाख २० हजार प्राप्त गरे।  २ ओभर ७४ स्कोर गर्दै समग्रमा ३ अन्डर २ सय ८५ सहित दिनेश प्रजापति छैटौं भए। प्रोतर्फ चौथो भएका उनले नगद एक लाख प्राप्त गरे।

यसैगरी समग्रमा १ अन्डर २ सय ८७ सहित तोरण विक्रम शाही सातौं भए। उनले आज इभन(पार ७२ मा खेल सकाए। प्रोतर्फ भने पाँचौ हुदै उनले ८६ हजार हात पारे। ३ ओभर ७५ सहित समग्रमा १ ओभर २ सय ८९ को स्कोरमा‌ शिवराम पौडेल आठौं भए। उनले ७९ हजार नगद प्राप्त गरे। प्रोतर्फ उनी छैटौं स्थानमा आए। समग्रमा २ ओभर २ सय ९० सहित जयराम श्रेष्ठले ७३ हजार प्राप्त गरे। उनले आज ४ ओभर ७७ मा खेल सकाए। प्रोतर्फ उनी सातौ भए। पुर्ण प्रसाद शर्मा र राजेन्द्र थापा मगरले प्रोतर्फ संयुक्तरुपमा आठौं स्थान बाँडे। उनीहरूले समग्रमा ३ ओभर २ सय ९१ स्कोर गरे।  उनीहरूले जनही ६५ हजार प्राप्त गरे।

अन्तिम १८ होलको खेल बाकी छँदा सुबाश सदभाव भन्दा दुई स्ट्रोकले पछि थिए। सुबाश र तेस्रो दिनका लिडर सदभावले फ्रन्ट नाइन समान ३ अन्डर ३३ मा सकाए। दुवैले तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। अन्तिम नौ होलको खेल बाकी छँदा सदभावसँग दुई स्ट्रोकको अग्रता कायमै थियो। तर ब्याक नाइनमा सदभावले खेल बिगारे। १६औं होलमा बर्डी प्रहार गरेपनि १०औं, १३औं र १४औं होलमा एक एक सट खेर फाले। यता सुबाशले भने १०औं देखि १३औं होलसम्म लगातार तीन बर्डी प्रहार गरे। १४औं होलमा एक सट खेर फाले पनि ५ पारको १५औं होलमा इगलको सफलता प्राप्त गर्दै ब्याक नाइन ४ अन्डर ३२ मा पुरा गरे र सहजै उपाधि आफ्नो नाममा लेखाए।

नीरजले फ्रन्ट र ब्याक नाइन दुवै २ अन्डर ३४ मा सकाए। दोस्रो, तेस्रो र आठौं होलमा बर्डी प्रहार गर्दा चौंथो होलमा बोगी खेपे। यसपछि १३औं र १५औं होलमा एक एक सट खेर फाले। उपाधि रक्षा गर्न चुकेका शुक्रले पनि फ्रन्ट र ब्याक नाइन दुवै २ अन्डर ३४ मा सकाए। उनले पहिलो, तेस्रो, सातौं तथा ११औं देखि १४औं होलमा चार गरी कुल सात बर्डी प्रहार गरे। उनले नवौं, १५औं र १८औं होलमा बोगी खेपे।

सुर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रबि के रायभरम, एनपीजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे। प्रोफेसनल गल्फर्स एसोसिएसन एनपीजीए नेपालद्वारा आयोजित तथा सुर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको थियो। कुल १५ लाख २० हजार नगद  पुरस्कार राशी रहेको प्रतियोगिताको शीर्ष २१ खेलाडीले नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत भोली प्रो(एम प्रतियोगिता हुनेछ। कूल २५ प्रो र १०० कर्पोरेट खेलाडीले प्रतियोगितामा भाग लिनेछन्।  

LiNing Ad
एमेच्योर सुबाशलाई उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका