सोमबार, ११ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

हिमालयनमाथि मछिन्द्रको सहज जित

बुधबार, २४ जेठ २०८०खेलपाटी संवाददाता
हिमालयनमाथि मछिन्द्रको सहज जित
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार मछिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।

मछिन्द्रको जितमा आफिज ओलावालेले दुई गोल गरे । विमल घर्ति मगरको नाममा एक गोल रह्यो ।

हिमालयनका पिस्टोन मुटुम्बाले एक गोल फर्काए ।

खेलको २६ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । पुजन उपरकोटीको क्रसमा विमलले हेडरमार्फत उत्कृष्ट गोल गरे ।

खेलको ६८ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता २-० को बनाए । उनले युता सुजुकीको क्रसमा हेडरमार्फत गोल गरे ।

त्यसपछि खेलको ७७ औं मिनेटमा ओलावालेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३-० को अग्रता दिलाए । उनको यो जारी लिगमा २० औं गोल हो ।

हिमालयनका ओबयोमी फान्कुले पेनाल्टी क्षेत्रमा ओलावालेलाई फउल गर्दै लडाएपछि मछिन्द्रले पेनाल्टी पाएको थियो।

खेलको अन्तिम १० मिनेट दुबै टोली १० खेलाडीमा समेटियो ।

खेलको ८२ औं मिनेटमा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

उनले हिमालयनका  पिस्टोन मुटम्बालाई पेनाल्टी बक्सको ठिक बाहिर फउल गर्दै लडाएपछि रातो कार्ड पाएका हुन् ।

यस्तै ८५ औं मिनेटमा निशान लिम्बुले रातो कार्ड पाएपछि हिमालयन पनि १० खेलाडीमा समेटियो । विपक्षी खेलाडीसँग झगडा गरेपछि उनलाई रातो कार्ड दिएर मैदान बाहिर पठाईएको हो ।

त्यसपछि खेलको ९० औं मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत गोल गरेपनि मछिन्द्र ३-१ ले विजयी भयो ।

मछिन्द्रको यो ११ औं जित हो ।

जितसँगै  मछिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ ।

हिमालयन दशौँ स्थानमा रहेको छ ।

Loading ad...
LiNing Ad
हिमालयनमाथि मछिन्द्रको सहज जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

मनाङले एनआरटीलाई रोक्यो

मनाङले एनआरटीलाई रोक्यो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

 दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

मनाङले एनआरटीलाई रोक्यो

मनाङले एनआरटीलाई रोक्यो

सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड

सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड

जनजागृतिमाथि एपीएफको सहज जित

जनजागृतिमाथि एपीएफको सहज जित