काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री नेपाल र मलेसियाबीचको टी-ट्वान्टी सिरिजको 'प्लेयर अफ द सिरिज' भएकी छिन् ।
रुबिनाले पाँच खेलको सिरिजमा ८१ रन बनाउँनुका साथै ५ विकेट समेत लिएकी थिईन् ।
आईतबार भएको पाँचौ टी-ट्वान्टी खेलमा मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज जितेको थियो ।
घरेलु टोली मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो।
आईतबार भएको निर्णायक पाँचौ टी-ट्वान्टी खेलमा कप्तान क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाएकी थिईन्।