सोमबार, २९ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

स्वस्तिक अस्पताल सह–प्रायोजक

शुक्रबार, १९ जेठ २०८०खेलपाटी संवाददाता
स्वस्तिक अस्पताल सह–प्रायोजक
Classic Tech Internet Ad

धनगढी ।  धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको सहप्रायोजकको रुपमा स्वस्तिक अस्पताल जोडिएको छ  ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि धनगढीको चटकपुरमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीयालिटी हस्पिटल (स्वस्तिक अस्पताल) ले मुख्य सह–प्रायोजकको रुपमा सहयोग गर्ने भएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र स्वस्तिक अस्पतालका अध्यक्ष महेशराज जोशीले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । स्वस्तिक अस्पतालले प्रायोजन गरेसँगै मुख्य सह प्रायोजकको रुपमा अस्पतालाई स्थान दिईनेछ । अवार्डको मुख्य प्रायोजक सुदुरपश्चिमाञ्चल एकेडेमीपछि ईन एसोसिएसन विथ रुपको स्वस्तिक अस्पतालले अवार्डमा स्थान पाउनेछ ।   

सह–प्रायोजकको रुपमा स्वस्तिक अस्पताललाई अवार्डमा जोडिने अवसर दिएकोमा अस्पतालका अध्यक्ष महेशराज जोशीले स्वास्थ्य र खेलकुद क्षेत्रसँग एक अर्कासँग जोडिएकोले देशका गहना खेलाडीलाई सम्मान गर्ने कार्यक्रममा हातेमालो गदै अगाडी बढेको बताए । उनले अवार्डमा जोडिन पाएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै अवार्डको सफलताको कामनासँगै अवार्डलाई निरन्तर रुपमा सहयोग समेत गर्ने प्रतिबद्धता जनाए ।

हालै सञ्चालनमा आएको धनगढी उपमहानगरपालिका ३ चटकपुरमा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलले आफ्नो सेवा सुरु गरिसकेको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म उपलब्ध नरहेका स्वास्थ्य सेवाहरुसहितका बिशेषज्ञ सेवाहरु अस्पतालले दिन थालेको छ । अस्पतालले ईमरजेन्सी, फार्मेसी, प्रयोगशाला सहितका केही बिशेषज्ञ सेवाहरु सहित दिईरहेको छ ।

२५ शैय्याको अस्पतालमा आईसियू, एनआईसियु, पिआईसियु, सिटि स्क्यानका साथै हाडजोर्नी तथा नशारोग विशेषज्ञ, फिजियोथेरापी विशेषज्ञ, जनरल तथा दुरविन प्रविधिबाट सर्जरी विशेषज्ञ, मेरुदण्डको जटिल शल्यक्रिया बिशेषज्ञ, जनरल मेडिसिन (पेट, छाती, मुटु, सुगर, प्रेसर) विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट, किड्नी रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, युरोलोजी लगायतका विशेषज्ञ सेवाहरुहरु सञ्चालनमा आएका छन् ।

यसका साथै यसक्षेत्रमा नभएका मुटु र क्यान्सर रोगका साथै टेष्ट ट्युव वेबी र प्लाष्टिक सर्जरी सेवालाई धनगढीमा ल्याएको अस्पतालले यी सेवाहरु पनि सञ्चालनको तयारीमा रहेको जनाएको छ । मुटुरोग र क्यान्सर रोग सम्बन्धीको विशेषज्ञ सेवा र जटिल प्रकृतिका शल्यक्रियाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहदै आएकोमा अब यी सेवाहरु पनि धनगढीमै पाईने र ती सेवाहरु सुचारु गर्नका लागि काम भईरहेको अस्पतालका अध्यक्ष जोशीले बताए ।

अस्पतालमा मुटुको भल्भ बन्द भएको पत्ता लगाउने एबीपि, टिएमटी हल्टर सेवा, स्तनको क्यान्सरको रोग पत्ता लगाउने म्यामोग्राम सेवा, दाँतको अत्याधुनिक एक्सरे (ओपीजी) सेवा, टेष्ट ट्युब बेबी÷आईभिएफ तथा अंकोलोजी सेवाहरु पनि दिनेछ । जसबाट यहाँका विरामीहरु लाभान्वित हुने अपेक्षा अस्पतालले राखेको छ । ती उपचार सेवा पाउनका लागि पनि महँगो शुल्क तिर्नु नपर्ने स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलका अध्यक्ष महेश जोशीले बताए ।

असार ८ गते हुने ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५-३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५-२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । अवार्डको चौथो संस्करणको तयारी तीव्र रूपमा भइरहेको छ ।

प्रायोजक प्रर्वद्धकहरुको खोजी गर्दै अवार्डको तयारी अघि बढेको छ । धनगढीमा रहेको निजि क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले मुख्य प्रायोजन गरेको अवार्डमा सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेटो हस्पिटल र सुदुरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।

Bajaj Pulsar Motorcycle Ad
सुदूरपश्चिम स्पोर्टस अवार्ड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

Bajaj Pulsar Motorcycle Ad
एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा पुलिस र रियाले भिड्ने

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा पुलिस र रियाले भिड्ने

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

झापा गोल्डकप माघ अन्तिम साता

झापा गोल्डकप माघ अन्तिम साता

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए

बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए

आर्सनलमाथि दबाब बढाउँदै सिटी र भिल्ला

आर्सनलमाथि दबाब बढाउँदै सिटी र भिल्ला

एमबाप्पेको सुखद् पुनरागमन

एमबाप्पेको सुखद् पुनरागमन