टिम रितिकलाई माम्बा एसइइ कपको उपाधि
बुधबार, जेठ १७, २०८०खेलपाटी संवाददाता

काठमाडौं । माम्बा एसइइ कप बास्केटबल प्रतियोगिताको उपाधि टिम रितिकले जितेको छ ।
मंगलबार काठमाडौंको माम्बा स्पोर्टस सेन्टर बुद्धनगर काठमाडौंमा भएको फाईनलमा टिम सिंहलाई २१–१८ को स्कोरमा हराउँदै टिम रितिकले उपाधि जितेको हो ।
उपाधि सहित प्रतियोगिताको विजेता टिम रितिकले ट्रफी, मेडल सहित २० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको टिम सिंहले १० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
एसइइ परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा उपत्यकाका १६ टिम सहभागी रहेका थिए ।
विद्यालय स्तरमा रहेका विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक टिमका सदस्य राजु महर्जनले बताएका छन् ।
#टिम रितिक







copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)





