• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
कस्तो छ खेलकुदको बजेट ?
खेलपाटी संवाददाता
सोमबार, जेठ १५, २०८० खेलपाटी संवाददाता
कस्तो छ खेलकुदको बजेट ?

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । 

अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार संसदमा नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका थिए ।

तर, अर्थमन्त्री महतले खेलकुदका लागि कति रकम विनियोजन गरियो भन्नेबारे खुलाएका छैनन् ।

यद्दपी, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने लगायत भौतिक पूर्वाधार निर्माणमा जोड दिदै खेलकुद बजेट प्रस्तुत गरेका छन् ।   

हेर्नुहोस बुलेटमा खेलकुदको बजेट :

-  त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गरिनेछ । यस रंगशालामा फ्लड लाईट राख्ने कार्य सम्पन्न गरिनेछ। मूलपानी क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न गरिनेछ । विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीको दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीको फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंको सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण कार्य अघि बढाउन बजेट व्यवस्था गरेको छु ।

-निर्माणाधीन धनगढी, इटहरी, पोखरा र नेपालगञ्जको प्रदेश रंगशाला र कभर्ड हल निर्माण सम्पन्न गर्न बजेट व्यवस्था गरेको छु । सार्वजनिक निजी साझेदारीमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टरका साथै (ऱ्याफ्टिङ, क्यानोइङ, प्याराग्लाईडिङ्ग, रक क्लाईम्बिङ र अल्ट्रा म्याराथुन लगायतका साहसिक खेल पूर्वाधार निर्माण गरिनेछ । खेलकुद पर्यटनलाई प्रवर्द्धन गरिनेछ । खेलकुदका पूर्वाधार निर्माण, व्यवस्थापन र प्रतियोगिता सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।

- उन्नाइसौं एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद र १० औं राष्ट्रिय खेलकुदको तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण दिन बजेट व्यवस्था गरेको छु । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीलाई प्रोत्साहन र सम्मान गरिनेछ । युवाहरूलाई अनुशासित र स्वस्थ बनाउन मार्शल आर्टस् खेललाई समुदाय स्तरसम्म विस्तार गर्न प्रोत्साहित गरिनेछ।

- नेपाल ओलम्पिक कमिटि, अखिल नेपाल फुटबल संघ, नेपाल क्रिकेट संघ लगायतका विभिन्न खेल सम्बद्ध संघ संस्थाको क्षमता विकास गरी खेलकुद प्रतियोगिता सञ्चालन गर्न प्रोत्साहित गरिनेछ । स्थानीयस्तरमा खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्न स्थानीय तहलाई सहयोग गरिनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP