अनुभव भयो, धेरै कुरा सिक्यौं - कप्तान अरुणा
आइतबार, जेठ १४, २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता राम्रो टोलीसँग खेल्दा धेरै कुरा सिकेको बताएकी छन् ।
प्रतियोगितामा तेस्रो स्थान हासिल गरेपछि कप्तान अरुणाले अनुभव बटुलेको र धेरै कुरा सिकेको बताएकी हुन् ।
'समग्रमा भन्दा राम्रो टिमसँग खेल्दा अनुभव बटुल्यौ । धेरै कुराहरु सिक्यौं । फाइनल पुग्ने अवसर गुमाउँदा भने दुख लागेको छ,' अरुणाले भनिन् ।
आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएर तेस्रो स्थान हासिल गरेको हो ।
यस्तै कप्तान अरुणाले प्रतियोगितामा नयाँ खेलाडीको प्रदर्शनबाट आफु खुसी रहेको बताईन् ।
'नयाँ खेलाडीबाट खुशी छु । शीर्ष टिमसँग खेल्दा पनि राम्रो प्रदर्शन गरेको छ । राम्रो खेलेको छ,' कप्तान अरुणाले थपिन।
अनुभव भयोधेरै कुरा सिक्यौं - कप्तान अरुणा












-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)
-1761464835584.webp&w=3840&q=75)