संकटासँग हार्यो चर्च ब्वाइज
शनिबार, जेठ १३, २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार चर्च ब्वाइजलाई संकटा क्लबले १-० गोल अन्तरले हराएको हो ।
संकटाको जितमा युसुफ एट्रिसले निर्णायक गोल गरे ।
युसुफले खेलको ६९ औं मिनेटमा गोल गरेका थिए ।
संकटाको यो छैटौं जित हो । संकटाले २२ खेलमा २६ अंक जोडेको छ ।
संकटा ११ औं स्थानमा उक्लिएको छ ।
यस हारले चर्च ब्वाइजको उपाधि होडमा धक्का लागेको छ ।
चर्च ब्वाइज २२ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
संकटासँग हार्यो चर्च ब्वाइज






-1761464835584.webp&w=3840&q=75)



-1761446241647.webp&w=3840&q=75)


-1761410041277.webp&w=3840&q=75)