शुक्रबार, १६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मुवा थाई
Bhat Bhateni Supermarket Ad

मुवाँथाईको समर क्याम्प सम्पन्न

शनिबार, १३ जेठ २०८०खेलपाटी संवाददाता
मुवाँथाईको समर क्याम्प सम्पन्न
mustang rice ad

पोखरा । पोखरामा ४५ दिने मुवाँथाई खेलको विद्यार्थी लक्षित विशेष प्रशिक्षण शिविर ‘समर क्याम्प’ सम्पन्न भएको छ ।

आयोजकले एक कार्यक्रमकाबीच समर क्याम्पमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।

पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्डहलमा आयोजित कार्यक्रममा सहभागिहरुलाई गण्डकी प्रदेका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेश सांसद प्रकाश बराल, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मालगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै पूर्व मुख्यमन्त्री अधिकारीले खेलकुदमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै खेलाडी भित्र लुकेको प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रष्फुटन गराउन सक्नु मुख्य कर्तब्य रहेको बताए । उनले भने–“प्रशिक्षकहरुले जसरी मेहनत गर्नु भएको छ, त्यसलाई मैले नजिकबाट नियालेको छु । अब हामीले नितिगत रुपमा के गर्नु पर्छ त्यसबारे सोच्न हामीलाई घच्घचाएको छ ।”

मुवाँथाई खेलको आफ्नै विशेषता रहेको उल्लेख गर्दै अधिकारीले खेलकुदमार्फत नेपाललाई विश्वमा चिनाउन थप सहयोग पुग्ने बताए । मुवाँथाई खेललाई थप परिस्कृत गर्दै विद्यालयस्तरमा पुर्‍याउनु पर्ने खाँचो रहेको उनले सो अवसरमा औंल्याए ।

थाईल्याण्डबाट सुरु भएको मार्शल आर्ट खेल मुवाँथाई विश्वव्यापी बने संगै यूवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प गरिएको यसका अन्तर्राष्ट्रिय सर्टिफाइड प्रशिक्षक खगेन्द्र क्षेत्रीले जनाए । प्रदेश खेलकुदका सदस्य समेत रहेका क्षेत्रीले आफ्नै पहलमा उक्त समर क्याम्प आयोजना गरेका थिए । जहाँ उनले निशुल्क प्रशिक्षण संगै सहभागिहरुलाई निशुल्क खेल पोशाकलगायतका सामाग्रीहरु समेत वितरण गरेका थिए ।

समर क्याम्पन अन्तर्गत मुवाँथाई खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । विभिन्न विद्यालयका १ सय जना भन्दा बढि सहभागि रहेको समर क्याम्पमा मुवाँथाई खेलको ‘ट्रेडिसनल, प्रोफेसनल, अमेच्योर र विशेषता र भिन्नताका बारेमा समेत प्रशिक्षण दिएको क्षेत्रीले जानकारी दिए ।

साथै समापनका अबसरमा सहभागिहरुले प्रदर्शनी खेलहरु समेत देखाएका थिए । समर क्याम्प अन्तर्गत सहभागिहरुलाई प्रशिक्षकहरु ज्ञानेन्द्र सिंह, शुष्मा चौधरी, अनिश मगर, अर्मान गुरुङले प्रशिक्षण दिएका थिए ।कार्यक्रममा उनीहरुलाई पूर्व मुख्यमन्त्री अधिकारीले सम्मानपत्र प्रदान गरेका थिए ।

स्मरणिय के छ भने मुवाँथाई परम्परागत मार्शल आर्ट खेल हो । यो खेलमा बौद्ध र हिन्दु परम्परा संग जोडिएको छ । नेपालमा यो खेलको विकास लामो नभए पनि व्यक्तिगत असमझदारी र नेतृत्वमा छिना झपटीका कारण दुई खेल संघमा अल्झिएको छ । विश्वमा यो खेलको व्यवसायीक रुपमा व्यापकता पाए पनि दुई खेल संघमा विभाजित यो खेल नेपालमा ‘मुवाँथाई’ र ‘मुआथाई’ भन्ने शब्दमा बल्झिएको छ ।

LiNing Ad
मुवाँथाईको समर क्याम्प सम्पन्न

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुख्य स्पर्धामा नेपालका मिलन च्याम्पियन

मुख्य स्पर्धामा नेपालका मिलन च्याम्पियन

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

Bajaj Pulsar Motorcycle Ad
टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप

पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै