मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एन्फा कोशी नेतृत्व : किशोर र मणीको सम्भावित भिडन्त

शनिबार, जेठ १३, २०८०नमीन ढकाल
एन्फा कोशी नेतृत्व : किशोर र मणीको सम्भावित भिडन्त
Classic Tech Internet Ad

इलाम ।  यतिबेला कोशी प्रदेश फुटबल संघको नेतृत्व चयनका लागि २ उम्मेदवार चुनावी मैदानमा छन् । लामो समय अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय तहमा काम गरेको अनुभव बटुलेको किशोर राई र धनकुटा फुटबल संघका अध्यक्ष मणी चेम्जोङ आगामी प्रदेश अध्यक्षको दौडमा छन् । गणेश थापा एन्फामा रहँदा २ कार्यकाल उपाध्यक्षको रुपमा रहेका राई प्रदेश फुटबल संघ तर्दथ समितिको अध्यक्ष समेत हुन् । एन्फाको मानार्थ उपाध्यक्ष समेत रहेका राई प्रदेशको निर्वाचित अध्यक्षको रुपमा थप १ कार्यकाल चाहन्छन् । राई देशकै प्रतिष्ठित बुढासुब्बा गोल्डकपको संस्थापक समेत हुन् । उनकै नेतृत्वमा धरान फुटबल क्लबले २०५५ सालमा स्थापित बुढासुब्बा गोल्डकपले २३ औ संस्करण सम्पन्न गरिसकेको छ । उनी २०५५ बाट लगातार धरान फुटबल क्लबमा अध्यक्षको रुपमा रहँदै आएका छन् ।

यता नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ, बुद्ध चेम्जोङ लगायतका खेलाडीहरुको गृह क्षेत्रका चेम्जोङले राजारानी फुटबल क्लब मार्फत राष्ट्रिय टोलीलाई महत्वपुर्ण खेलाडी दिन सफल भए । उनी फुटबलमा परिर्वतनको पक्षधर हुन् । रोचक पक्ष दुवै जना एन्फा वर्तमान अध्यक्ष पंकज विक्रम नेम्वाङ पक्षधरका हुन् । गत असारमा सम्पन्न एन्फा निर्वाचनमा कर्माछिरिङ शेर्पाको केन्द्रिय सदस्य पदको उम्मेदवारी छाडेर चेम्जोङले नेम्वाङलाई अध्यक्ष बनाउन लागि परेका थिए ।

राईले समेत नेम्वाङलाई समर्थन गरेर अघि बढेका थिए । लामो समय नेपाली फुटबलमा योगदान दिएको कारण नेम्वाङले मानार्थ उपाध्यक्षको पद दिएका थिए । त्यसअघि कर्माछिरिङ शेर्पाले समेत उनलाई मानार्थ उपाध्यक्ष दिएका थिए । उनी यसअघि धरानको मेयरको लागि २०७४ र २०७९ समेत होमिएका थिए । २०७४ मा एमालेका तारा सुब्बा र २०७९ मा स्वतन्त्र हर्क साम्पाङसंग पराजित बन्दै उनी उपविजेता बने । जेठ १४ गते हुने निर्वाचनमा अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको भुमिकालाई महत्वका साथ हेरिएको छ । नेम्वाङको झुकाव राईलाई अध्यक्ष बनाउने तर्फ देखिन्छ ।

गणेश थापाको पालामा स्थापना भएको एन्फा एकेडेमी धरानको करोडौ बजेट परिचालन गर्न पाइने भएकाले प्रदेश नेतृत्वका लागि दुवै उम्मेदवार मतदाताहरुलाई आफ्नो पक्षमा पार्न कसरतमा छन् । प्रदेश निर्वाचनमा १४ मध्ये अखिल नेपाल फुटबल संघमा आवद्ध ११ जिल्लाले मतदान गर्नेछन् ।

उर्जाशिल युवा पुस्ताहरुको नेतृत्व स्थापित हुन जरुरी : चेम्जोङ

अध्यक्षका प्रत्यासी मणि चेम्जोङ नेतृत्व हस्तान्तरणका लागि फुटबल परिवर्तन हुन आवश्यकता महसुस गरेर आफुले उम्मेदवारी दिएको बताउँछन् । ‘ विगत २०÷२५ बर्षको समयमा १÷२ जना व्यक्तिहरुको एकाधिकार फुटबलमा छ । यस्तो अवस्थामा फुटबलमा उर्जाशिल युवा पुस्ताहरुको नेतृत्व स्थापित हुन जरुरी छ । फुटबलको नाममा भएका वेथितिहरु अन्त्य गरी पारदर्शीता र सक्षम व्यक्तिहरुको अवसर दिनका लागि उम्मेदवारी दिएको हुँ ।’ उनले भने ‘ धेरै पहाडी जिल्लाहरुले खेलाडी उत्पादन गरेर राष्ट्रिय टिम तयार गरिरहेका छन् जहाँ पुर्वाधारको अभाव छ । अब पहाड र तराईलाई जोडेर फुटबलमा एकता र समानताका लागि उम्मेदवार भएको हुँ ।’

फुटबलमै जिवन समर्पित गरेका खेलाडी र पदाधिकारीहरु उपेक्षाको पात्र भएकाले उचित सम्मानका लागि अध्यक्षका निर्वाचित भएपछि कार्य गर्ने चेम्जोङले बताए । ‘ प्रदेशका पुर्व राष्ट्रिय खेलाडी र फुटबलमा योगदान पु¥याएका अग्रजहरुलाई उहाँहरुको योगदानको आधारमा प्रशिक्षक र अफिसियलको रुपमा काम गर्ने वातावरण तयार गर्न लाग्नेछु । ’

उनले स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारसंगको समन्वयमा प्रदेशका सबै जिल्लामा युथ भिजन संचालन गरेर धेरै भन्दा धेरै सिनियर र उमेर समुहका खेलाडीहरु उत्पादन गर्ने बताए ।  ‘सबै जिल्लामा सम्भाव्यताको अध्ययन गरी ट्रेनिङ सेन्टर संचालन गर्दै प्रशिक्षणको व्यवस्था मिलाउनेछु । फुटबलको मेरुदण्ड ग्रासरुट र युथ भिजन भएकाले सबै जिल्लामा उमेर समुहका खेलाडीलाई नियमित प्रशिक्षणको व्यवस्था मिलाउँदै जानेछु । सिमित बजेटबाट अधिकतम काम गर्ने प्रयत्न रहनेछ ।’

चेम्जोङले फुटबलमा रहेको राजनीतिक खिचातानी अन्त्य गरि सबैलाई एकै मालाको थुङ्गाको रुपमा उनेर लग्ने बताए । ‘ अघिल्लो नेतृत्वमा भएका सिनियरहरुसंग सहकार्य गर्दै फुटबललाई राजनीतिक खिचातानी मुक्त बनाएर खेलाडीहरुलाई व्यवसायिकता तर्फ बढ्नका लागि उत्प्रेरित गर्न आफु तयार छु ।’ उनले एन्फा नेतृत्वले यसअघि प्रदेशका विभिन्न जिल्लाहरुमा ट्रेनिङ सेन्टर निर्माणका लागि गरेको सम्झौता अनुसार अघि बढ्न नसकेको आयोजनाहरुको पहलकदमी गर्ने बताए । ‘ एन्फा नेतृत्वले यसअघि केही जिल्लामा ट्रेनिङ सेन्टर बनाउन सम्झौता गरेपनि प्राविधिक कारणले अघि बढ्न नसकेको कामलाई सम्बन्धित पालिकाहरुसंग छलफल गरी अघि बढाउने वातावरण तयार गर्न लाग्नेछु ।’ उनले भने

अधुरा कामहरुलाई पूरा गरेर नतिजामुखी बनाउँछु : राई

कोशी प्रदेशका अध्यक्षका अर्का आकांक्षी किशोर राई आफु अन्तिम पटक निर्वाचनमा होमिएको बताउँछन् । तदर्थ समिति हुँदा सुरु गरेका केही महत्वकांक्षी कामहरुलाई नतिजा दिलाउन नै अन्तिम पटक उम्मेदवारी दिएको उनले बताए । ‘ ३ बर्षको तदर्थ समितिमा रहँदा केही कामहरु सुरुवात गरेको थिए त्यसलाई नतिजासम्म पु¥याउन सकेनौ । २ बर्ष कोभिडका कारणले खेलकुदका गतिविधिहरु ठप्प भए । १ बर्ष चुनावका कारण केही गर्न पाइएन् केही राम्रो कामहरु सुरुवात गरेको थिए ।’ उनले भने ‘ अधुरा कामहरुलाई पुरा गरेर अघिल्लो कार्यकाललाई नतिजामुखी बनाउनेछु । यस पटक पनि एक्लै उठेको होइन् साथीहरुसंग सहमती गरेर केन्द्रिय अध्यक्ष देखि लिएर अग्रजहरुसंग सहमतीमै उठेको हो । सहमतीमै नेतृत्व चयनका लागि पहल कदमी गरिरहेको छु ।  हिजो फुटबल खेलेर आएको कारणले पद ठुलो होइन भुमिका ठुलो कुरा हो । मैले एक कार्यकाल जगको लेबलको रुपमा बसालेर आगामी पुस्तालाई हस्तान्तरण गर्ने हो । ’

राईले तराईका जिल्लामा पुर्वाधारहरु  र प्रतियोगिताहरु हुने भएपनि पहाडी जिल्लाहरुलाई आफुले प्राथमिकतामा राख्ने बताए । उनले आफ्नो एजेन्डाको रुपमा फिफा एएफसी र एन्फा केन्द्रबाट आउने पुर्वाधारको बजेट पहाडी जिल्लामा केन्द्रित गरेर सुविधा सम्पन्न पुर्वाधारको कामलाई एजेन्डाको रुपमा अघि बढाएको बताए । ‘मोरङ सुनसरी झापा उदयपुर पुर्वाधार रंगशाला, विभिन्न आर्थिक रुपमा बलियो भएकाले फुटबल प्रतियोगिता, ग्रासरुट फुटबल हुने, विद्यालय प्रतियोगिता धेरै हुने भएपनि  पहाडी जिल्लामा जहाँ पुर्वाधार आवश्यक, एक जिल्ला एक रंगशाला निर्माण गर्न सकिरहेको छैन् ।  एक गाउँपालिका एक रंगशाला सुरु गर्नुपर्छ । फिफा एएफसी र केन्द्रबाट भौतिक पुर्वाधारको बजेट पहाडी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छु ।’

उनले जिल्लामा हुने प्रतियोगिताहरु दान र चन्दामा चल्नुपर्ने भएकाले दिगो लक्ष्यका साथ खेलाडी र अफिसियलहरुलाई रोजगारमुखी बनाउने आगामी कार्यकाल खर्च गर्न बताए । ‘जिल्ला फुटबल संघको जिल्ला लिग हुँदैछ कहिले कोकाकोलाको नामम कहिले चाउँचाउको नामका स्थायी हुन सकेको छैन् । अब जिल्ला लिग स्थानीय सरकार र प्रदेश सरकारसंग संग समन्वय गर्दै दिगो आत्मनिर्भर लिग गराएर ऐतिहासिक र स्थायी व्यवस्थित र व्यवसायिक लिग गराउने हो ।’ उनले भने ‘जिल्ला र प्रदेश लिग गराएर गाउँको क्लबले केन्द्रको राष्ट्रिय लिग खेल्न सक्ने वातावरणको लागि स्थायी लिग गराउने एजेन्डा छ ।  अनिवार्य प्याब्सन, एनप्याब्सन हिसान लगायत शैक्षिकसंग मिलेर उमेर समुहका प्रतियोगिता जोइन्ट भेन्चर गराएर जाने लक्ष्य छ । ’

राईले प्रदेश र जिल्लाको आफ्नै मौलिक विधान बनाउने काम समेत एजेन्डाको रुपमा अघि सारिएको बताए । ‘एक बर्ष भित्रमा जिल्ला र प्रदेशको आत्मनिर्भर विधान निर्माण गरेर चल्ने छौ ।  जसमा फिफा एएफसीको निश्चित नियम समावेश हुन्छ । जिल्लाहरुको मौलिक राजनीतिक सामाजिक भौगोलिक अवस्था हेरेर आफ्नै विधान हुनेछ । व्यवसायिकता र रोजगारमुखी बनाउन फुटबललाई व्यपारको रुपमा घोषणा गरेर फुटबलमा लागेकोहरुको जिवनयापन गर्ने र प्राविधिकहरुलाई सिपमुखी रोजगारी सुनिश्चित गराउनेछौ ।’ उनले भने ‘४ बर्षको अवधिमा कम्तीमा दिगो व्यवसायिक र रोजगारीमुलक फुटबल स्थापित गर्न सक्छौ छलफल चलाएका छौ । प्रदेशमा आयोजना हुने सम्पुर्ण प्रतियोगिताहरुले मुनाफा गर्न सकोस् दुनियाको गाली खानु नपरोस भनेर प्रतियोगिताको क्यालेन्डर बनाएर स्विकृत दिने र आवश्यक बजेटको लागि समेत पहल गर्ने भनेर प्रावधान बनाउने छलफल गरेर अभ्यास गरीसकेको छौ । मुर्तरुप दिने र कार्यान्वय गर्ने अभियान छ त्यसको लागि एक पटक मेरो उम्मेदवारी रहनेछ ।’

उनले तदर्थ समिति रहँदा विविधि कार्यक्रमहरुलाई समेटेर बजेट बनाएपनि कोभिड लगायतका कारणले सफल हुन नसकेको बताए । ‘ बजेट बनाएर काम गर्न गरी जम्मा प्रदेशभरीको कार्यक्रम लिग र प्रदेश लिगको कार्यक्रम एन्फा डे एकाडेमी संचालन गर्न ४ करोड ५ लाख पठाएको हो । कोभिडका कारणले लिन सकिएन् स्थानीय तहमा समेत विनियोजन हुन सकेन् । त्यसैबिचमा  एकेडेमीमा यु–१३ कार्यक्रम गरेको हो । कोभिडको सहयोग पनि गर्यो ।’

Bajaj Pulsar Motorcycle Ad
एन्फा कोशी नेतृत्व : मानार्थ उपाध्यक्ष र जिल्ला अध्यक्षको भिडन्त

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो