• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
'ए' डिभिजन क्लबले भन्यो, 'एन्फाबाट अन्याय भयो'
खेलपाटी संवाददाता
शुक्रबार, जेठ १२, २०८० खेलपाटी संवाददाता
'ए' डिभिजन क्लबले भन्यो, 'एन्फाबाट अन्याय भयो'

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आफुहरु अन्यायमा परेको जनाएको छ ।

'ए' डिभिजन लिग खेलिरहेका १० क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले आफुहरुलाई अन्याय गरेको जनाएको छ ।

एन्फाले दोस्रो किस्ताको तयारी खर्च, खेलको म्याच मनि, म्याच बल, खेलाडीले पाउनु पर्ने म्यान अफ दि म्याच रकम एन्फाले अहिलेसम्म नदिएको क्लबहरुले आरोप लगाएको छ ।

संकटा क्लबका अध्यक्ष तथा एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरले पटक पटक एन्फालाई आग्रह गर्दा पनि आफुहरुको माग सम्बोधन नभएको बताए ।

'हामी अन्यायमा पर्यौं । तयारी खर्चको दोस्रो किस्ता पाएका छैनौँ । पहिलो लेग सकिसक्यो । म्याच मनि पाएको छैनौँ । खेलाडीको म्यान अफ दि म्याच दिएको छैन, म्याच बल दिन सक्ने अवस्था एन्फाको छैन,' तुलाधरले पत्रकार सम्मेलनमा भने, 'हामीले पाउनुपर्ने रकम मागेको हो ।  अनुदान मागेको हैन । लिग रोक्नु पनि फुटबललाई हानी हुन्छ । क्लबलाई अन्याय परेको छ ।'

एन्फाले 'ए' डिभिजन क्लबलाई तयारी खर्च स्वरूप पहिलो किस्तामा १५ लाख, दोस्रो किस्तामा १० लाख र तेस्रो किस्तामा ७ लाख ५० हजार दिने निर्णय गरेको थियो। पहिलो किस्ताको रकम भने क्लबले पाईसकेका छन् ।

यस्तै एन्फाले हरेक खेलको विजेतालाई म्याच मनि वापत ५० हजार, खेल बराबरी भएका २५-२५ हजार र म्यान अफ दि म्याचलाई १० हजार दिने निर्णय गरेको थियो।

तुलाधरले दुई पटक एन्फालाई ज्ञापनपत्र बुझाएपनि माग सम्बोधन नभएको बताए। उनले आफ्नो माग सम्बोधन नभए कठोर निर्णय कदम चाल्ने बताए।

'एन्फा र फिफाको पैसा हामीले मागेको होइन, प्रायोजन, गेट कलेक्स, टिभि प्रायोजनबाट आएको पैसा मागेको हो। किनभने, त्यो हामीले खेलेर ल्याएको पैसा हो। १५ लाख आयो, त्यसपछि आएको छैन। अन्यायमा पर्यौं । सात दिनमा दिन्छु भनेको पैसा आएको छैन । २ पटक ज्ञापनपत्र बुझाईसकेको छौ,' उनले थपे, 'लिग पछि कठोर कदम चाल्ने छौँ ।'

यस्तै एन्फाका पूर्व अध्यक्ष तथा हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले म्यानेजमेन्टको कमजोरीले गर्दा एन्फाको यो अवस्था आएको बताए।

शर्पाले फुटबल सुन भएपनि एन्फाले बेच्न नसकेको आरोप लगाए।

'गैडाको छालाभन्दा पनि कडा संस्था भयो । लिग सकिए पनि पैसा आउला जस्तो लाग्दैन। ए डिभिजन कै हालत यस्तो छ, बी सी को विश्वास कसरी गर्ने ? कसरी विश्वास गर्ने,' शेर्पाले भने, 'फुटबल सुन हो, यसलाई बेच्न सकेकोछैन। एनएसएल कसरी बिकेको थियो भन्ने उदाहरणको रूपमा लिनुहोस । योजनावद्ध तरिकाले प्रपोजल बनायो भने लगानी गर्ने भेटिन्छ । तर उचित व्यवस्थापन नहुँदा फुटबल ओरालोतर्फ लागेको हो।'

पत्रकार सम्मेलनमा मछिन्द्रका सचिव किरण महर्जन, खुमलटारका उपाध्यक्ष हरिबोल राउत, मनाङका  अध्यक्ष विजय घले, संकटाका अध्यक्ष इन्द्रमान तुलाधर, हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पा, एनआरटीका महासचिव नरेन्द्रमान श्रेष्ठ, फ्रेन्ड्सका अध्यक्ष विश्वास विक्रम साह, सातदोबाटोका अध्यक्ष कपिल किशोर मगर, चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र थ्री स्टार क्लबका सहकोषाध्यक्ष देवेन्द्रलाल श्रेष्ठ उपस्थित थिए ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
संयमित छ उज्बेकिस्तान !
संयमित छ उज्बेकिस्तान !
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP