उज्वेकिस्तान र किर्गिस्तानको टोली नेपालमा
शनिबार, जेठ ६, २०८०खेलपाटी संवाददाता

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउन उज्वेकिस्तान र किर्गिस्तानको टोली नेपाल आईपुगेका छन् ।
प्रतियोगितामा सहभागिता जनाउन उज्वेकिस्तान र किर्गिस्तानको टोली शनिबार नेपाल आईपुगेका हुन् ।
यस्तै श्रीलंकाको टोली समेत शनिबार नेपाल आईपुगेका छन् ।
यस अघि बंगलादेश र काजाकिस्तानको टोली नेपाल आईसकेका छन् ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुँदैछ ।
प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने छ ।
प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानले भाग लिने छन् ।

उज्वेकिस्तान र किर्गिस्तानको टोली नेपालमा











-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)