काजाकिस्तानको महिला भलिबल टोली नेपालमा
शनिबार, जेठ ६, २०८०खेलपाटी संवाददाता

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउन काजाकिस्तानको टोली नेपाल आईपुगेको छ ।
प्रतियोगितामा सहभागिता जनाउन काजाकिस्तानको टोली शुक्रबार राति नेपाल आईपुगेको हो ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुँदैछ ।
प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने छ ।
प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानले भाग लिने छन् ।
काजाकिस्तानको महिला भलिबल टोली नेपालमा











-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)