मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
  4. /
  5.  सोफेस टेबलटेनिसमा रितिम र आस्मालाई स्वर्ण

 सोफेस टेबलटेनिसमा रितिम र आस्मालाई स्वर्ण

२०२३ मे १९, शुक्रबारखेलपाटी संवाददाता

 सोफेस टेबलटेनिसमा रितिम र आस्मालाई स्वर्ण

काठमाडौं । गार्गी एकेडेमी, बुटवलका रितिम गुरुङ र आदर्श विद्या मन्दिर (एभीएम) की आस्मा पहारीले नवौं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा रितिम तथा गर्ल्समा आस्मा पहिलो भएका हुन् ।

शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा रितिमले दरबार हाइ स्कुलका शंकर पहारीलाई ११–९, ११–८ र १३–११ को सोझो सेटमा पराजित गरे । मोर्डन इन्डियन स्कुल (एमआईएस) विशाल थापा तथा एभरेष्टका आर्यन शाही तेश्रो भए ।

डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा भएको प्रतियोगिताको गल्र्स सिंगल्सको उपाधि भिडन्तमा आस्माले सेन्ट मेरिजकी सुरम्या शाक्यलाई सीधा सेटमा ११–६, ११–६ र ११–८ ले हराइन् । एभीएमकी अर्सना महर्जन तथा न्यु सुम्निमाकी अंकिता वज्राचार्य संयुक्त रुपमा तेश्रो भए । दुवै सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले ७ हजार ५ सय तथा तेश्रोले ३÷३ हजार नगद पुरस्कार पाए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज टिम इभेन्ट फाइनलमा गार्गी पहिलो भयो । गार्गीले फाइनलमा भासरा माविलाई ३–१ ले पाखा लगायो । एमआईएस र न्यु होराइजन तेश्रो बने । सो स्पर्धाको गल्र्स फाइनलमा एभीएमले प्रभातलाई ३–० ले पन्छ्याउदै पहिलो स्थान हात पार्यो । स्वस्तिश्री गुरुकुल र भासरा तेश्रो भए ।

विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जन, स्वर्णिम स्कुलका प्रिन्सिपल सहजी पन्त, कन्सेप्ट मेकर्जका प्रबन्ध निर्देशक प्रशान्त महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगितामा मोफसलका २ सहित विभिन्न ३५ विद्यालयका १ सय ९० ब्वाइज तथा ८० गर्ल्स गरी जम्मा २ सय ७० खेलाडीले विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको १० औं बुटवलमा गर्ने आयोजकले जनाएको छ ।

सोफेस टेबलटेनिसमा रितिम र आस्मालाई स्वर्ण
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

टेनिस नेतृत्वमा मुल निर्विरोध

टेनिस नेतृत्वमा मुल निर्विरोध

Bhat Bhateni
माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन