मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

कान्तिपुर हाफ म्याराथन जेठ ६ गते हुने 

बुधबार, बैशाख २७, २०८०खेलपाटी संवाददाता
कान्तिपुर हाफ म्याराथन जेठ ६ गते हुने 
Classic Tech Internet Ad

काठमाडौं । कान्तिपुर पब्लिकेशन्सले आयोजनामा ११ औं कान्तिपुर हाफ म्याराथन आउँदो जेठ ६ गते हुने भएको छ ।

दशक यात्रा पार गरिसकेको कान्तिपुर हाफ म्याराथनको यसपालि मुख्य नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको बुधबार पत्रकार सम्मेलनमा पब्लिकेशन्सका सीईओ महेश स्वाँरले जानकारी गराए । 

प्रतियोगितामा यसपालि पहिलो पटक कलेज रन विधा थपिएको छ । ७ किलोमिटर दुरीमा हुने यस विधामा १८ वर्षमाथिका विद्यार्थीले दौडन पाउनेछन् । 

यसबाहेक हाफ म्याराथन २१ दशमलव १ किमी, कर्पोरेट ५ किमि र ह्विलचेयर ३ किमि गरी अन्य विधा यथावत नै रहेको स्वाँरले बताए । 

उनले विभिन्न देशमा हुने सिटी म्याराथनको अवधारणामा कान्तिपुर म्याराथनले दशक यात्रा पार गर्नु आफैंमा ठूलो उपलब्धि भएको बताए ।

हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले जनही १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुने खेलाडीले ५ हजार रुपैयाँ पाउने छन् । शारीरिक रूपमा फरक क्षमता हुने ह्विलचेयरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार पाउनेछन् । 
कलेज रनतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले केएफसीबाट फुड गिफ्ट भौचर पाउनेछन् । कर्पोरेटतर्फ विजेतालाई केएफसी र ह्याम्स अस्पतालको तर्फबाट विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने छ । 

सबै विधामा गरि ३ हजारभन्दा बढीले भाग लिने आयोजकको अपेक्षा छ । खेलाडी दर्ताका लागि जेठ १ गतेसम्म समयसीमा रहेको र खेलाडी दर्ता निःशुल्क रहेको जनाइएको छ ।

कान्तिपुरको मुख्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्कमै आएर टुंगिने छ । 

कर्पोरेट, कलेज रन र ह्विलचेयर रन पनि सेन्ट्रल बिजेनस पार्कबाट सुरु हुनेछ । कर्पोरेट सिभिल हस्पिटल अगाडिबाट फन्को लगाएर सेन्ट्रल बिजनेस पार्कमा आएर टुंगिने छ । ह्विलचेयर रेस माइतीघर मण्डला फन्को लगाएर आउनेछ । कलेज रन तीनकुनेबाट फन्को लगाएर सोही रुटबाट फर्कने एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङले बताए । 

गत वर्ष पुरुषमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र महिलामा नेपाल पुलिस क्लबकी राजपुरा पछाईं विजेता भएका थिए । नवौं संस्करणमा माल्दिभ्सका दुई खेलाडी पनि सहभागी भएका थिए ।

२०६७ सालमा आयोजित पहिलो संस्करणमै १ हजारभन्दा धेरैले भाग लिएका थिए । २०६८ सालमा १ हजार ५ सय जना दौडिए । २०६९ सालमा सहभागी संख्या २ हजारभन्दा बढी पुगेको थियो । मुख्य स्पर्धा हाफ म्याराथनमा मात्रै ८ सय १२ धावकले प्रतिस्पर्धा गरेका थिए । २०७० सालमा १ हजार ३ सय ६५ जना पुगेको थियो । त्यस्तै २०७१ सालमा २ हजार ३ सय जना दौडिएका थिए भने २०७२ सालमा १ हजार ६ सय ५७ जना सहभागी भएका थिए । २०७३ सालमा १ हजार ५ सय बढी दौडिएका थिए । 

२०७५ सालमा २ हजार ५ सय ६० सय जनाले कान्तिपुर हाफ म्याराथनमा सहभागिता जनाएका थिए । 

महिलातर्फ यसअघि आफूले भाग लिएको आठमध्ये ५ संस्करणमा कान्छीमाया कोजुले उपाधि जितेकी छन् । पुरुषतर्फ हरिकुमार रिमालले चार पटक उपाधि जितिसकेका छन् । 

हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र भाग लिन पाउने जनाइएको छ ।

कान्तिपुर पब्लिकेशन्सले पहिलो सात संस्करण आफ्नो वार्षिकोत्सवस“गै फागुन ७ गते नै कान्तिपुर हाफ म्याराथन गर्दै आएको थियो । यसलाई छुट्टै विधा बनाउनुपर्छ भनेर त्यसपछि फरक मितिमा प्रतियोगिता गर्दै आएको सीईओ स्वा“रले बताए ।

कान्तिपुर हाफ म्याराथनको प्रमुख प्रायोजक ग्लोबल आईएमई बैंक रहेको छ । प्रायोजकको तर्फबाट बोल्दै बैंकका डेपुटी सीईओ सुरेन्द्रराज रेग्मीले कान्तिपुर हाफ म्याराथन जस्तो प्रतिष्ठित प्रतियोगितासँग जोडिन पाउँदा गर्व महसुस गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सहयोग गरेको बताए । 

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने कान्तिपुर हाफ म्याराथनमा सिटिजन लाइफ इन्स्योरेन्स, एपेक्स मेडिकल एन्ड इन्जिनियरिङ, केएफसी चिकेन, पिजा हट, होन्डा मोटरसाइकल, एनटीएनसी, नेपाल खाद्य संस्थान, गमला घर, वेलडन एडभरटाइजिङ, हाम्रो बजार डटकम, ह्याम्स हस्पिटल पार्टनरका रुपमा रहेका छन् । 


 

Bajaj Pulsar Motorcycle Ad
#कान्तिपुर हाफ म्याराथन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो