• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त
खेलपाटी संवाददाता
बुधबार, वैशाख २७, २०८० खेलपाटी संवाददाता
खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ  । 

मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बुधबार पोखरामा बसेको सत्ताइसौ बैठकले गण्डकी प्रदेशको गौरवको रुपमा स्थापित बनेको पोखरा स्पोटर््स अवार्डलाई भव्य रुपमा सम्पन गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सरकारी निकाय, व्यक्ति, संघ, संस्था, खेलाडी, प्रशिक्षक, खेलप्रेमी, सञ्चार माध्यम, सञ्चारकर्मी सहित मञ्चका सम्पूर्ण सदस्यप्रति हार्दीक आभार प्रकट गर्ने निर्णय गरेको हो ।

अवार्ड कार्यक्रम प्राप्त सबैको साथ सर्पोटले मञ्चलाई थप उत्साहित बनाएको मञ्चले जनाएको छ । केही दिनमा अवार्ड कार्यक्रमको समिक्षा गर्ने र तीन महिना भित्रमा आयव्यय सार्वजनिक गर्ने तयारी गरिएको मञ्चका महासचिव राजाराम पौडेलले खुलाए ।

 सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०७९ गत बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना भएको थियो ।

अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले हात पारेका थिए । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारें ।

अवार्ड अन्र्तगत उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङले बाजी मारें । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरें । सबै विधामा उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो  ।

यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गरिएको थियो ।   मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान अर्पण गरियो । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरियो भने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई दिइयो ।

वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी हात पारें ।

 यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरिएको थियो ।

अवार्ड कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको विषेश सहयोग रहेको थियो । यसैगरी पोखरा महानगरपालिका, प्रदेश खेलकुद परिषद गण्डकी, राष्ट्रिय खेलकुद परिषद, कमारु ट्रेडिङ (केल्मी), टेल्जि नेपाल, तमु धिं युके, सहारा युके, सुपर मादी हाइड्रो कम्पनी, नेपाल पर्यटन बोर्ड, मझेरी रिर्सोट एण्ड स्पा, सहारा क्लब पोखरा, ह्यूस्टन एजुकेशन, टाईगर गुप्र अफ पोखरा नेपाल, स्व.सेनानी हेमबहादुर पुनको परिवार, सिटिजन फर्निचर ट्रेड लिंक, परिचय एड्भर्टाइजिङ, मादी गाउँपालिका, बुमराङ रेष्टुरेन्ट, भूतपूर्व खेलाडी मञ्च, साइमन पार्टी प्यालेस, रुपा गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, सिर्जना विकास केन्द्रले अवार्ड कार्यक्रममा सहयोग गरेका थिए ।

यसैगरी तमानखोला गाउँपालिका, आभ्या क्लब, बतास अर्गनाइजेसन, मञ्चका पूर्व अक्ष्यक्ष प्रेमनारायण न्यौपाने, आँगन स्विट्स न्युरोड, यति एयरलाइन्स, पोखरा महानगरपालिका वडा नं.३, निसिखोला गाउँपालिका, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ,सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली, सहारा हङकङ, नेपाल टेलिकम पोखरा, कास्की जिल्ला टेनिस संघ, पोखरा उद्योग वाणिज्य संघ, पब्लिक फोर के टेलिभिजन, सरुमा चुलो, वल्ड लिंक, होटल बाराही, अटोवेज प्रालि, क्लासिक चुलो, नेपाल औषधी व्यसायी संघ कास्की, कर्मचार्य ट्रेडिङ कोसेली तेल, युनाइटेड क्लब, नेपाल मुआथाई संघ गण्डकी, हाम्रो हस्तकला काठमाण्डौं, पोखरा महानगरपालिका वडा नं.१२ र १५, ओम बुद्ध नर्सरी, नेपाल हवाई खेलकुद संस्था, पोखरा महानगरपालिका वडा नं. ४ र ९, पश्चिमाञ्चल सामुदायिक अस्पताल, प्रदेश खेलकुद परिषद गण्डकीका सल्लाहकार सुनिल गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, हाम्रो सोफा होम एण्ड इलेक्ट्रिक्स, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, बगर भाइखल, बिजी ट्रेड लिंक, फुडमाण्डु, रुपाकोट सुनचाँदी पसल, नेपाल आयल मिल, एसके साउण्ड एण्ड म्युजिक पोखरा लगायतले समेत अवार्ड कार्यक्रममा सघाए ।

अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती, भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायत रहेको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ ।

हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् । खेलाडीलाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ  । 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
फेरि बेञ्चमा अञ्जिला !
फेरि बेञ्चमा अञ्जिला !
प्रीतिलाई आराम, पूजा सुरुआती ११ मा
प्रीतिलाई आराम, पूजा सुरुआती ११ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP