फिफा विश्वकप : नाइजेरिया र आइसल्याण्डबीचको खेल सुरु
शुक्रबार, असार ८, २०७५खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत अहिले समूह डी बाट नाइजेरिया र आइसल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन् ।
भोल्गोग्राड स्टेडियमा दुवै टोली जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
नाइजेरिया र आइसल्याण्ड एक अर्कामा अपरिचित टोली हो । अफ्रिकी मुलुक नाइजेरिया र सानो युरोपेली राष्ट्र आइसल्याण्डबीच यसअघि कुनै खेल भएको छैन ।
यो समूहमा नाइजेरिया अंकबिहिन रहदै पुछारमा छ । आजको खेलमा अंक सुधार नगरे नाइजेरियाको दोस्रो चरणको यात्रा समाप्त हुनेछ । आइसल्याण्डको १ अंक छ ।









-1762997834781.jpeg&w=3840&q=75)






