काठमाडौं । सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।
काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर लिगको फाइनल खेलमा युएईविरुद्ध नेपालका सोमपालले पहिलो विकेट लिएका हुन् ।
सोमपालले युएईका कप्तान मुहम्मद वासिमलाई ११ रनमा आउट गराएका हुन् ।
नेपालले अहिले ३ दशमलब १ ओभरमा १ विकेट गुमाएर १७ रन बनाएको छ । टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ ।