सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

केन्द्रस्तरीय राष्ट्रपति रनिङमा लुम्बिनीको ह्याट्रिक

आइतबार, १७ बैशाख २०८०खेलपाटी संवाददाता
केन्द्रस्तरीय राष्ट्रपति रनिङमा लुम्बिनीको ह्याट्रिक
Loading ad...
mustang rice ad

काठमाडौं । लुम्बिनी प्रदेशले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि आइतबार जितेको  छ ।

लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधि माथि ह्याट्रिक गर्यो  । लुम्बिनीले ११ औं संस्करणमा २० स्वर्ण तथा १२ औं संस्करणमा १६ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको कोशी प्रदेशले ७ स्वर्ण, ५ रजत र ११ कांस्य हात पार्यो ।

सुदूरपश्चिम प्रदेश ६ स्वर्ण, ११ रजत र १८ कांस्यसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ३ रजत र १० कांस्यसहित पाँचौं तथा गण्डकी प्रदेश ३ स्वर्ण, ६ रजत र ५ कांस्यसहित छैटौं स्थानमा रहे । सातै प्रदेश सहभागी प्रतियोगितामा स्वर्णविहीन मधेश प्रदेश सातौं भयो । मधेशले २ रजत र ६ कांस्य हात पार्यो ।

विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशका सदस्य–सचिव घनश्याम पौडेल, राखेपका सदस्य प्रकाश कुसारी, जनक बर्तौला, चन्द्राबदना राई, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी थिए ।

एथलेटिक्सतर्फ छात्र÷छात्रामा समान १३–१३, भलिबल र कबड्डीतर्फ छात्र÷छात्रामा समान १–१, करातेतर्फ छात्र÷छात्रामा समान ४–४ तथा उसु र तेक्वान्दोतर्फ छात्र÷छात्रामा समान ३–३ स्वर्ण गरी जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेपका सदस्य–सचिव टंकलाल घिसिङको संयोजकत्वमा ११ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको थियो ।

व्यक्तिगत, समूहगत र शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कार प्रदान गरिएको थियो । कुल पुरस्कार राशी ८ लाख ८५ हजार रुपैयाँ वितरण गरियो । जुनियर राष्ट्रिय कीर्तिमानका लागि छुट्टै १५ हजारका दरले नगद पुरस्कार प्रदान गरियो । जम्मा ३ कीर्तिमान बने ।

एथलेटिक्स - रिलेमा सुदूरपश्चिमको कीर्तिमान

सुदूरपश्चिम प्रदेशले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा आइतबार जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेलको सम्मिलित सुदूरपश्चिम टोलीले ३ मिनेट ३१.०० सेकेन्ड समयमा निर्धारित दूरी तय गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रच्यो । लुम्बिनी प्रदेशका सिमन पाण्डे, लेखनाथ महरा, बेद ओली र श्रवण केवतले २०७६ सालमा स्थापित गरेको ३ मिनेट ३२.३ सेकेन्डको कीर्तिमान सुदूरपश्चिमले भंग गरेको हो । प्रतियोगितामा योसहित जम्मा ३ जुनियर राष्ट्रिय कीर्तिमान बने । अघिल्लो दिन लुम्बिनीका सुदिप थारुले छात्र लङजम्प तथा सुदिप नै सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले ४ गुणा १ सय मिटर रिलेमा कीर्तिमान बनाएका थिए ।

छात्रा ४ गुणा ४ सय मिटर रिलेमा लुम्बिनीले स्वर्ण, सुदूरपश्चिमले रजत तथा कर्णालीले कांस्य पदक जिते ।

छात्र २ सय मिटर दौडमा लुम्बिनीका सुजल डाँगीले स्वर्ण जिते । उनले निर्धारित दूरी २३.० सेकेन्डमा पूरा  गरे । सुजलले योसहित प्रतियोगितामा १ कीर्तिमानीसहित ३ स्वर्ण हात पारे । उनले १ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए । ३ हजार मिटर दौडमा सुदूरपश्चिमका अमित आउजी पहिलो भए । उनले निर्धारित दूरी तय गर्न ९ मिनेट २८.१ सेकेन्ड समय खर्चे । ट्रिपलजम्पमा कोशीका राजीव ढुंगाना (१३.५० मिटर) तथा सटपुटमा कर्णालीका धीरेन्द्र विक (१२.०९ मिटर) ले शीर्ष स्थान हात पारे ।

छात्रा २ सय मिटर दौडमा लुम्बिनीकी रेसु चौधरी २८.० सेकेन्ड समयसाथ पहिलो स्थानमा रहिन् । रेसुले ट्रिपलजम्पमा पनि (१०.१४ मिटर) स्वर्ण जितिन् । रेसुले प्रतियोगितामा ३ व्यक्तिगतसहित ४ स्वर्ण चुमिन् । रेसुले १ सय मिटर दौड र ४ गुणा १ सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन् । ३ हजार मिटर दौडमा लुम्बिनीकी मोतीकला डाँगीले दूरी ११ मिनेट २४.५ सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । सटपुटमा बागमतीकी अप्सरा श्रेष्ठ (८.६२ मिटर) ले स्वर्ण हात पारिन् ।

एथलेटिक्समा लुम्बिनीको वर्चस्व रह्यो । जम्मा २६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा लुम्बिनीले १६ स्वर्ण कब्जा गर्यो । कर्णालीले ३, बागमती, सुदूरपश्चिम र गण्डकीले समान २–२ तथा कोशीले १ स्वर्ण जिते ।

कराते - कोशीलाई सर्वाधिक ४ स्वर्ण

कोशी प्रदेशले करातेमा सर्वाधिक ४ स्वर्ण जितेको छ । ८ स्पर्धा समावेश करातेमा ४ स्वर्णका लागि अलावा कोशीले थप १ रजत र २ कांस्य पनि जित्यो । बागमतीले २ स्वर्ण तथा गण्डकी र लुम्बिनीले समान १–१ स्वर्ण हात पारेको करातेका पूर्व प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् ।

सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगिताको अन्तिम दिन ३ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । छात्र ४२ केजीमुनि लुम्बिनीका प्रकाश पुन मगरले कोशीका आदेश चहार तथा ४७ केजीमुनि कोशीका दिपेश कार्कीले बागमतीका सुजन खड्गीलाई पराजित गरी पहिलो भए । छात्रा ५० केजीमुनि कोशीकी सिर्जना खुलालले फाइनलमा गण्डकीकी प्रीति तामाङलाई हराउदै स्वर्ण जितिन् ।

उसु - रविन्द्र पहिलो

उसुको छात्रतर्फ छाङ छ्वानमा बागमतीका रविन्द्र आले मगरले स्वर्ण, सुदूरपश्चिमका ओमप्रकाश कोलीले रजत र कर्णालीका चन्द्रबहादुर रोकायले कांस्य जिते ।

थाउलोको विभिन्न ६ स्पर्धा समावेश उसुमा बागमतीले ३ स्वर्ण, ३ रजत र १ कांस्य जित्यो । सुदूरपश्चिमले २ स्वर्ण, ३ रजत र २ कांस्य तथा कोशीले १ स्वर्ण र १ कांस्य हात पारे ।

तेक्वान्दो - तेक्वान्दोमा लुम्बिनी अगाडि

तेक्वान्दोमा लुम्बिनी सहभागी सातै प्रदेश भन्दा अगाडि रहने क्रममा २ स्वर्ण, २ रजत र १ कांस्य पदक  जित्यो । तेक्वान्दोमा पनि ६ स्पर्धामा खेल भएको थियो । बागमती २ स्वर्ण, १ रजत र २ कांस्यसाथ दोश्रोमा रह्यो । तेश्रो स्थानको सुदूरपश्चिमले १ स्वर्ण, ३ रजत र ३ कांस्य पदक हात पार्यो । बाँकी १ स्वर्ण कोशीको पोल्टामा गयो । कोशीले थप ४ कांस्य पनि हात पार्यो ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको प्रतियोगिताको छात्र ४५ केजीमुनि बागमतीका कैलाश थापा, ४८ केजीमुनि कोशीका सुशन थापा र ५१ केजीमुनि बागमतीका निरजज्यु ठकुरी पहिलो भए । छात्रा ४२ केजीमुनि सुदूरपश्चिमकी दिपा सन्जेल, ४४ केजीमुनि लुम्बिनीकी ममता मल्ल र ४६ केजीमुनि लुम्बिनीकै दिपशिखा रानाभाट शीर्ष स्थानमा रहे ।

भलिबल - कर्णाली र बागमती अब्बल

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको भलिबलको छात्रमा कर्णाली र छात्रामा बागमतीले उपाधि जितेका छन् ।

छात्रको फाइनलमा कर्णालीले गण्डकीलाई २५–२१, १४–२५, १६–२५, ३१–२९ र १५–१२ ले पराजित ग¥यो । लुम्बिनी र बागमती तेश्रो भए ।

छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २२–२५, २५–१९, २५–२३ र २५–१७ ले हरायो । कर्णाली र गण्डकीले तेश्रो स्थानमा चित्त बुझाए ।

कबड्डी -लुम्बिनी र सुदूरपश्चिम च्याम्पियन

कबड्डीको छात्रमा लुम्बिनी तथा छात्रामा सुदूरपश्चिम च्याम्पियन बने । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्र फाइनलमा लुम्बिनीले कोशीलाई ४२–२३ ले पराजित गर्यो । सुदूरपश्चिम र गण्डकी तेश्रो भए ।

छात्राको फाइनलमा सुदूरपश्चिमले बागमतीलाई ३६–१२ ले हरायो । कोशी र गण्डकी संयुक्त रुपमा तेश्रो भए ।

Loading ad...
LiNing Ad
केन्द्रस्तरीय राष्ट्रपति रनिङमा लुम्बिनीको ह्याट्रिक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने

उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा