शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Loading ad...
Bhat Bhateni Supermarket Ad

लापरबाह एन्फा नेतृत्व र निरिह खेलाडी

आइतबार, १७ बैशाख २०८०खेलपाटी संवाददाता
लापरबाह एन्फा नेतृत्व र निरिह खेलाडी
Loading ad...
mustang rice ad

समिर वली । 

अखिल नेपाल फुटबल संघ एन्फा आफैले गरेका निर्णयबाट चुक्दै आएको छ । अहिले सञ्चालनमा रहेको ए डिभिजन लिग पनि बल्ल बल्ल मध्यान्तरसम्म आईपुगेको छ । बी डिभिजन लिग झनै अन्यौलमा छ । लिग सुरु गर्नका लागि सम्पुर्ण क्लबलाई तयारी गर्न लगाएर दुई दुई पटकसम्म मिति सारेको अवस्था छ । यसको प्रत्यक्ष प्रभाव क्लबलाई त हुनेनै भयो, सँगसँगै पाँच सय भन्दा बढी खेलाडी यस निर्णयबाट प्रभावित बनेका छन् । कुनै सुझबुझ नगरी हतार हतार मिति तोक्नुको के अर्थ ? मर्कामा परेका क्लबलाई झन धेरै समस्यामा पार्ने हो ? 

कति सजिलोसँग जवाफ फर्काउछन्, नेतृत्वमा रहेका एन्फाका पदाधिकारी । एन्फामा लिग सञ्चालन गर्न पैसा छैन भन्यो, सक्कियो । के उनीहरुलाई थाहा हुदैन, एन्फामा कहाँ कहाँबाट पैसा आउँछ ? कसरी स्रोतको ब्यवस्थापन गर्नुपर्छ भनेर । 

पैसा छैन भनेर एन्फा सजिलै पन्छिन पाइन्छ र ? एन्फाको लागि आवश्यक पर्न आर्थिक पाटो ब्यवस्थापन गर्ने जिम्मेवारी पनि त नेतृत्वकै हैन र ? हुन त फुटबलको विकासका लागि भनेर एउटै नारा लिएर सँगसँगै चुनाव जितेका सहकर्मीलाई साथमा लिएर हिड्न नसक्ने नेतृत्वबाट धेरै के आशा गर्नु ।

एन्फाले आफैले सुरुमा चैत १५ बाट बी डिभिजन लिग गर्ने घोषणा गरेको थियो । गत महिना बसेको विवादास्पद बैठकबाट एकपक्षिय रुपमा चैत २९ बाट सुरु गर्ने गरि अर्को निर्णय भयो । तर लिगको अतोपतो छैन । 

सम्बन्धित सबै १४ क्लब लिगका लागि तयार भएपनि एन्फाले दोस्रो पटक तोकेको मितिमा पनि प्रतियोगिता आयोजना गर्न सकेन । अझ दुखको कुरा त के छ भने लिगका लागि नयाँ मिति समेत घोषणा गर्न सकेको छैन । 

यस्तो गैर जिम्मेवार कसरी हुन सक्छ एन्फा ?

राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने लिग आयोजनाको विषयलाई यति हल्का रुपमा लिएर एन्फाले फुटबलप्रति आफु कत्ति पनि जिम्मेवार नरहेको प्रमाणित गर्न खोजेको देखिन्छ । क्लबले एन्फासँग गरेको सहमति अनुसार माघ मसान्तसम्ममा पाउनुपर्ने लिगको तयारी खर्च बापत क्लबले १४ लाख ५० हजार रकम समेत नपाएको गुनासो सञ्चारमाध्यममा आईरहेको छ ।

क्लबले खेलाडी अनुबन्धदेखि लिएर दैनिक प्रशिक्षणका क्रममा धेरैनै पैसा खर्च गरिसकेका हुन्छन् । यसरी मिति सार्दै जादा क्लबलाई आर्थिक रुपमा समस्या पर्नुका साथै यस्तो प्रवृत्तिले खेलाडीको उत्साहमा समेत कमि ल्याउँछ र मनोबैज्ञानिक असर समेत पार्दछ । फुटबलको सर्वोच्च नेतृत्वको यस्तै प्रवृत्ति र कमजोरीले गर्दा राष्ट्रिय टोलीमा आशा लाग्दा र अनुभवी खेलाडी समेत पलायन हुने अवस्था सिर्जना भईरहेको छ ।

नेतृत्वले मिडिया र भाषणमा ठुला ठुला गफ लगाएर मात्र फुटबलको विकास हुने होइन, काम गर्न सक्नुपर्छ । सबैलाई मिलाएर सँंगसँगै अगाडी बढ्नुपर्ने माग समयले गरेको छ । तर पछिल्लो कार्यसमिति बैठकमा तीन उपाध्यक्ष सहित १२ जना कार्यसमितिले बैठक बहिष्कार गरेर बाहिर नाराबाजी गर्दै गर्दा महत्वपुर्ण विषयमा एकलौटी निर्णय गरि सबैलाई तमासा हेर्न बाध्य बनाएको घटना भएको धेरै समय बितेको छैन ।

आशा गरौं, आगामी दिनमा नेतृत्वले आफ्नो कमीकमजोरीलाई सच्चाएर सबैलाई समेटेर अगाडी बढ्ने कार्यशैलीलाई अवलम्बन गर्न सकुन् भन्ने कामना छ ।

(वली लुम्बिनी प्रदेश फुटबल संघका सह–महासचिव समेत हुन् ।)
 

Loading ad...
LiNing Ad
#समिर वली

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने

 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै

गुजरातको पाँचौं जित

गुजरातको पाँचौं जित

रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो